सन्तबहादुर तमु स्मृति समाजसेवा अक्षयकोष स्थापना

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७६
santa smriti sava 2

पोखरा, १२ वैशाख । तमु धिं नेपालका वरिष्ठ उपाध्यक्ष, समाजसेवी स्वर्गीय सन्तबहादुर गुरुङको स्मृति सभा सम्पन्न भएको छ ।

तमु धिं नेपालद्वारा आयोजित स्मति सभामा स्वर्गीय गुरुङको योगदानको स्मरण गरिएको थियो । स्याङ्जा जिल्ला, फेदिखोला गाउँपालिका आक्राङ गाउँघरभई पोखरा– १५ नयाँगाउँ निवासी तमु धिं नेपालका वरिष्ठ उपाध्यक्ष, कालिका बहुमुखी क्याम्पसका उपाध्यक्ष, माछापुच्छ«े बैंकका सञ्चालक सदस्य समाजसेवी गुरुङ अस्वस्थ्य भई ७१ वर्षमा गत फागुनमा निधन भएको थियो ।

तमु धिं नेपालका संस्थापक सल्लाहकार, सचिव, सल्लाहकार, वरिष्ठ सल्लाहकार हुदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीकै क्रममा निधन भएका स्वर्गीय सन्तबहादुर तमुको स्मृतिमा समाजसेवीहरुलाई वार्षिक रुपमा सम्मान गर्नका लागि तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले १ लाख रुपैयाँको सन्तबहादुर तमु स्मृति समाजसेवा सम्मान अक्षयकोष घोषणा गरेकी छन् ।

उक्त अवसरमा अध्यक्ष कर्म तमुले सधै उर्जा, प्रोत्साहन, मार्गनिर्देश गर्ने आफ्नो छायाँ हराएको बताइन् । परिवारका तर्फबाट स्व.तमुको भाई रोश तमुले दाईले आफ्नो स्वास्थ्य समस्या लुकाउदा भित्र भित्रै अत्यन्तै ठुलो समस्या बनेको बताए । घरवरिवारसँग पनि स्वस्थ्य समस्या गोप्य राखेको जानकारी दिँदा समस्या झन बल्झदै गएकै कारण दाईले अगालमै ज्यान गुमाउनु परेको रोश गुरुङले बताए ।

तमु धिं नेपालका सल्लाहकार, वरिष्ठ अधिवक्ता कृष्णबहादुर तमुले स्वर्गीय सन्तबहादुर तमुको जीवनीका बारेमा जानकारी र योगदानको चर्चा गर्दै संस्थागत विकासका लागि दिएका मार्गनिर्देशलाई तमु धिंले पछ्याइ रहनुपर्नेमा जोड दिए ।

कालिका बहुमुखी क्याम्पसका प्रमुख बालकृष्ण शर्माले विगत २७ वर्षदेखिको सन्तबहादुर तमुको सहकार्य, प्रष्ट विचार, योजना र कठिन अवस्थाका सहारा गुमाएको बताए । नेपाली काँग्रेसका युवा नेता दिपक गुरुङले आफुहरु गुल्जार तमुको सन्तानहरु भएको भन्दै बंशावली इतिहास सुनाउनुहुदै उनले संस्थाको मेरुदण्ड भएको बताए । स्मृति सभामा स्व.सन्तबहादुर तमुको छोरा इञ्जिनियर गौरब तमु समेत स्मृति सभामा सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width