पोखरा, ११ वैशाख । जनक शिक्षा सामग्री केन्द्र पोखराले चालू आर्थिक वर्षमा आठ करोड रुपैयाँको पुस्तक बिक्री वितरण गरेको छ ।
चालू आर्थिक वर्षको नौ महीनामा गण्डकी प्रदेशअन्तर्गतका १० जिल्लामा सरकारी विद्यालयबीच सात करोड ७९ लाख ८८ हजार ८५२ मूल्य बराबरको २० लाख ७२ हजार ७५० थान पुस्तक बिक्री गरिएको जनक शिक्षा सामग्री केन्द्र पोखराका लेखापाल शिवविलाश पौडेलले जानकारी दिए ।
मकवानपुर जिल्लामा जनक शिक्षा सामग्री केन्द्रको अन्य कार्यालयबाट पुस्तक आपूर्ती हुने गर्दछ । आधिकारिक रुपमा कक्षा–५ देखि कक्षा १० सम्मको पुस्तक बिक्री वितरण गर्नुपर्ने भए पनि यस कार्यालयबाट कक्षा १ देखि कक्षा १० सम्म र अङ्ग्रेजी माध्यममा सञ्चालित सरकारी विद्यालयका लागि आवश्यक पुस्तक पनि बिक्री वितरण भइरहेको छ ।
गण्डकी प्रदेशअन्तर्गत मनाङ र मुस्ताङमा फागुन १ गतेदेखि नयाँ सत्र शुरु हुने गर्दछ । ती दुई जिल्लामा गत माघ महीनामै पुस्तकहरु पठाइएको सो कार्यालयले जनाएको छ । ती दुई जिल्लाका साथै गण्डकी प्रदेशका कास्की, तनहुँ, स्याङ्जा, गोरखा, लम्मजुङ, म्याग्दी, पर्वत र बाग्लुङ गरी १६१ वटा विद्यालयमा पुस्तक उपलब्ध गराइएको कम्प्युटर आपरेटर सरोजकुमार घिमिरेले जानकारी दिए ।
प्रत्येक वर्ष पुस्तक खरीद गर्ने विद्यालयलाई नवीकरण गर्नुपर्ने हुन्छ । नवीकरण नगरेकाले विद्यालयलाई पुस्तक उपलब्ध नगराउने गरिएको उनले थपे । यस कार्यालयमा पर्याप्त मात्रामा पुस्तक रहेको र विद्यालयले माग गरेको आधारमा पुस्तक उपलब्ध गराउँदै आइरहेको लेखापाल पौडेलले बताए ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१