काठमाडौँ, ७ वैशाख। कोशकार एवं साहित्यकार वसन्तकुमार शम्र्मा नेपालको ९७ वर्षको उमेरमा उनकै निवास चावहिल मैँजुबहालमा निधन भएको छ।
विसं १९७९ चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन जन्मेका साहित्यकार नेपाल दुई महिनादेखि निवासमै अचेत अवस्थामा थिए।
पाँच महिनाअघि फोक्सोमा समस्या देखिएको थियो। दुई महिनादेखि परिवारकै सदस्यलाई पनि चिन्न छोडेको उनका माहिला छोरा विनयकुमारले जानकारी दिए। उनी मस्तिष्कघात (ब्रेन स्ट्रोक), अल्सरलगायत रोगबाट पनि पीडित थिए। उनको पार्थिव शरीरलाई शनिबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ। नेपाली भाषामा सबैभन्दा धेरै शब्द सङ्कलन गरिएको उनको ‘नेपाली शब्दसागर’ विसं २०५७ चैत ३० गते प्रकाशन भएको थियो। शब्दसागरमा एक लाख २५ हजार शब्द थिए। विसं २०७० मा ‘नेपाली शब्दसागर’ को दोस्रो संस्करण प्रकाशन गरी एक लाख ४१ हजार शब्द पुर्याइएको थियो।
उनले महाभारतलाई गद्यमा चार खण्डमा अनुवाद गरेका छन्। यसैगरी १ सय ३५ वटा उपनिषद् पनि अनुवाद गरेका छन्। हालसम्म उनका ७६ कृति प्रकाशन भइसकेको जनाइएको छ। एक सय वटा पाण्डुलिपी तयार छन्। उनका श्रीमती, चार छोरा र तीन छोरी छन्।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१