जबरर्जस्ती करणी गरेको आरोपमा चार युवा पक्राउ

Avatar आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७६

पोखरा, ३ बैशाख । पोखराको लेकसाइडमा सोमवार एक २२ बर्षीया युवतीमाथि जबरर्जस्ती करणी गरेको आरोपमा कास्की प्रहरीले चार युवालाई पक्राउ गरेको छ ।

धादिङ घर भएकी ति युवतीलाई जबरर्जस्ती करणी गरेको आरोपमा प्रहरीले तनहुँ जिल्ला निवासी राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

पोखराको लेकसाइड स्थित कर्मा क्लवमा गएकी ति युवतीलाई लेकसाइडकै होटल द पोखरा युनाइटेडमा लगेर जवरजस्ती करणी गरेको आरोपमा वडा प्रहरी कार्यालय बैदामको टोलीले ति युवालाई पक्राउ गरेको हो । उनीहरुमाथि जिल्ला अदालत कास्कीका जवरर्जस्ती करणीको मुद्दा दर्ता गर्ने तयारी भएको प्रवक्ता गुरुङले जानकरी दिए ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

प्रजातन्त्र सेनानी सुवेदीको नागरिक अभिनन्दन

संचारकर्मी गिरी साधारण तारेखमा रिहा

दीगो विकासमा पानीको महत्व

जालमा परेर छ वटा गोही मरे

४५ अर्ब बराबरको औषधि कारोवार

प्रमुख समाचार

दीगो विकासमा पानीको महत्व

थप प्रमुख समाचार