प्रहरीलाई तीन लाख घुस दिन खोज्ने पक्राउ

rss रासस
वैशाख २, २०७६

काठमाण्डौ, २ बैशाख । काठमाडौंमा प्रहरीलाई साढे तीन लाख रुपैयाँ घुस दिन खोज्ने एक महिलासहित तीन जना पक्राउ परेका छन्।

बा ५ ख ४८४२ नम्बरको बसमा अवैध रूपमा लत्ताकपडा ल्याउँदै गरेका उनीहरूलाई प्रहरीले काठमाडौँ महानगरपालिका–१५ चमतीबाट पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसरका डीएसपी होवीन्द्र बोगटीका अनुसार कपडा बरामद गर्न खोज्दा प्रहरीलाई घुस दिन खोज्ने बस चालक सर्लाहीको हरिपुर–१ का २६ वर्षीय श्याम विश्वकर्मा, बसमा रहेकी सुर्खेतकी ३२ वर्षीया दीपा राना मगर र नुवाकोट ककनी–२ का २९ वर्षीय भरत तामाङलाई पक्राउ गरिएको हो।

सवारीसाधन जाँच गर्ने क्रममा स्वयम्भूस्थित महानगरीय प्रहरी वृत्तबाट खटिएको प्रहरीले बसमा रहेको अवैध कपडा बरामद गर्न खोजेपछि बस चालक विश्वकर्माले ३ लाख रुपैयाँ तथा राना मगरले ५० हजार रुपैयाँ घुस दिन खोजेपछि प्रहरीले उनीहरूसहित तीन जनालाई नियन्त्रणमा लिएको डीएसपी बोगटीले बताए।

अहिले उनीहरूलाई स्वयम्भू प्रहरीकै नियन्त्रणमा राखिएको छ। सोमवार दिउँसो पत्रकार सम्मेलन गरेर अभियुक्तसहित घटनाको विस्तृत जानकारी सार्वजनिक गरिने बताइएको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

प्रमुख समाचार

सरकारका ९ सचिवको सरुवा