Worldlink ads

१६ औ फेवा नववर्ष महोत्सव सकियो

एजेन्सी
वैशाख २, २०७६
Tourist race 2

पोखरा, १ वैशाख। फेवा तालको किनारमा आयोजित १६ औ फेवा नब बर्ष २०७६ का अवसरमा आयोजित झाँकी प्रतियोगितामा बाँझापाटन तमु सममाज प्रथम भएको छ।

प्रतियोगितामा ताङतिङ दूधपोखराी तमु समाज द्वितीय र सिमाना मार्ग मिलन भजन समूह तृतीय भएका छन्। क्षत्री महिला समाजले भने सान्त्वना स्थान हासिल गरेको थियो। यसैगरी महोत्सवकै अवसरमा आयोजित आमा समूहहरूको प्रस्तुतीमा भने देवीस्थान भलछोपुवा आमा समूह प्रथम, अन्नपूर्ण आमा समूह द्वितीय र सक्षम आमा समूह तृतीय भएका छन्।

गाईघाट आमा समूह भने प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्न सफल भएको छ। दुबै प्रतियोगितामा गरी कूल ३६ समूहले भाग लिएको महोत्सवका प्रचार संयोजक एवं आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका महासचिव गणेशराज पहारीले जानकारी दिए।

महोत्सव अन्तर्गत नै गण्डकी प्रदेशस्तरीय लोक नृत्य प्रतियोगिता पनि समावेश गरिएको थियो। झाँकी प्रतियोगितामा प्रथम हुनेले ५१ हजार रूपैयाँ, दोश्रो हुनेले ३० हजार रूपैयाँ, तृतीय हुनेले २० हजार रूपैयाँ र शान्त्वना स्वरूप १० हजार रूपैयाँ पुरस्कार व्यवस्था गरिएको थियो। यसैगरी आमा समूह विचको प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रूपैयाँ तथा सान्त्वना पुरस्कार पाँच हजार रूपैयाँ व्यवस्था गरिएको थियो।

नृत्य प्रतियोगिताका विजेताले ३० हजार रूपैयाँ, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारस्वरूप क्रमशः २० हजार, १० हजार र पाँच हजार रूपैयाँ व्यवस्था गरिएको थियो। भरतराज शर्मा र दोर्जे तामाङले सांस्कृतिक उपसमितिको जिम्मेवारी निर्वाह गरेका थिए। खाना, संस्कृति र संगीत भन्ने नाराका साथ आयोजित महोत्सव गत चैत २९ गतेबाट लेकसाइड स्थित कोमागाने पार्कमा सुरु भएको थियो। आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्दै फेवा तालको संरक्षणमा सचेतना फैलाउने उद्धेश्यसाथ यो महोत्सव आयोजना गरिएको महोत्सवको संयोजक विकल तुलाचनले जानकारी दिए। महोत्सव वैशाख १ आइतबार सम्मका लागि आयोजना गरिएको हो।

Related News

सम्बन्धित समाचार

    • मिस तामाङ भर्चुअल हुने

      आदर्श समाज सम्वाददाता माघ ११, २०७८
      पोखरा । छैटौं मिस तामाङ पोखरा–२०२२ को ग्रान्ड फिनाले भर्चुअल हुने भएको छ । पछिल्लो समय कोभिड–१९ को नयाँ भेरियन्ट…
    • खास्टे र न्यूरेनी ताल सफाइ

      आदर्श समाज सम्वाददाता माघ ११, २०७८
      लेखनाथ । खास्टेताल मत्स्य तथा कृषि सहकारी संस्थाले आफ्नो छैटौं स्थापना दिवस अवसरमा ताल वरपर सरसफाइ गरेको छ । तालको…
    • नेपाली सांकेतिक भाषा तालिम

      आदर्श समाज सम्वाददाता माघ ११, २०७८
      पोखरा । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा र अन्नपूर्ण बहिरा संघको समन्वयमा ३० जना बहिरा अपांगता भएका व्यक्तिको लागि नेपाली सांकेतिक भाषा…
    • जन्मदिनमा प्रकाशको सहयोग

      आदर्श समाज सम्वाददाता माघ ११, २०७८
      पोखरा । जन्मदिन अवसरमा गरिने फजुल खर्च कटाएर पोखराका एक युवाले अपांगता भएका विद्यार्थीका लागि शैक्षिक सामाग्री सहयोग गरेका छन्…
    • शीतलादेवी–माटेपानी सामाजिक संस्था गठन

      आदर्श समाज सम्वाददाता माघ १०, २०७८
      पोखरा । पोखरा १२ को विकास तथा यहाँ रहेका विभिन्न सामाजिक संघ संस्थालाई सुझाव तथा सल्लाह दिने उद्देश्यले पुरानोधारादेखि गुम्बाफेदीसम्म…

    hero news full width