राममन्दिरको महायज्ञमा दानवीर बढ्दै

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७५
IMG_9444_Fotor

पोखरा, २७ चैत। श्रीराम मन्दिरमा आयोजित श्रीमद्देवीभागवत् नवाह विराट महायज्ञमा दानदाताको संख्या बढ्दो छ। योसँगै आर्थिक संकलनमा समेत वृद्धि भएको छ।

बुधबारसम्म महायज्ञमा २५ लाख ७९ हजार १ सय ५१ रुपैयाँ संकलन भएको छ। बुधबारमात्रै १२ लाख ९२ हजार ३२ रुपैयाँ दान संकलन भएको हो।

उक्त दिन पोखरा–१७, बिरौटाका नन्दलाल पौडेलले १ लाख २१ हजार १ सय ९९ सय रुपैयाँ दान गरेका छन्।

त्यस्तै, बिरौटाकै भीमबहादुर भट्टराईले १ लाख १ हजार १ सय ११ रुपैयाँ दान गरेका छन्।

बिरौटास्थित स्वामीनारायण मुक्तिनाथ विकास ट्रष्टद्वारा १ लाख ११ हजार १ सय ११ रुपैयाँ दान गरिएको छ।

बिरौटास्थित लोकलापथका दुर्गाबहादुर बराल, खिमकुमारी बरालले १ लाख १५ हजार १ सय १ रुपैयाँ प्रदान गरेका छन्।

एलपी देवकोटा मेमोरियल स्कूलले ५१ हजार १ सय ११ रुपैयाँ दान दियो। स्थानीय सिद्धार्थ सक्रिय महिला समूहद्वारा ३१ हजार ३ सय ५५ रुपैयाँ प्रदान गरियो।

पोखरा–७, मासबारका सरोजनारायण बराल र अनुपा बरालले २७ हजार ७ सय ७७ रुपैयाँ प्रदान गरे। त्यसैगरी, बिरौटास्थित जनजागरण आमा समूहद्वारा २१ हजार १ सय २१, तल्लो बिरौटास्थित संकल्प आमा समूहद्वारा २० हजार ५ सय ५५, पोखरा–१७, बेलघारीस्थित नारी उत्थान दिदी बहिनी समूहद्वारा १५ हजार ५ सय ५५ रुपैयाँ दान दिइयो। बिरौटास्थित हिमाली टोलका रमेशप्रसाद बराल र सरस्वती बरालले ११ हजार १ सय ११ रुपैयाँ, बिरौटाकै गोपालप्रसाद ढकाल र यामकुमारी ढकालले १० हजार १ सय १ रुपैयाँ र ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले १० हजार ५ सय ५ रुपैयाँ दान गरेको छ। श्रीराम मन्दिर संचालक समितिद्वारा आयोजित महायज्ञको पाँचौ दिन बुधबार भक्तजनको उल्लेख्य सहभागिता थियो।

टोल विकास संस्था, टोल सुधार समिति, आमा समूह र सामाजिक संघसंस्थाको व्यानरसहित महायज्ञमा झाँकी, रामलिला, भजनचुट्का पाठपारायण तथा कथावाचन गरिएको थियो।

कथा समापनसँगै महायज्ञमा विश्वप्रसिद्ध महाआरतीको आयोजना गरिएको थियो। महायज्ञ वैशाख १ सम्म चल्नेछ।

Related News

सम्बन्धित समाचार

hero news full width