सुदूरपश्चिम पहाडमा भूकम्पको धक्का

rss रासस
चैत्र २६, २०७५
Image: Powerful earthquake hits Nepal

epa04720072 People inspect the damage of the collapsed landmark Dharahara, also called Bhimsen Tower, after an earthquake caused serious damage in Kathmandu, Nepal, 25 April 2015. At least around 600 people have been killed and hundreds of others injured in a 7.9-magnitude earthquake in Nepal, according to the country’s Interior Ministry. People were being rescued from the rubble of collapsed buildings. Temples have crumbled all over the city, and houses and walls have collapsed. EPA/NARENDRA SHRESTHA

बैतडी, २६ चैत । सुदूरपश्चिममा मंगलवार बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो ।

यसअघि चैत ४ गते पनि भारत र चीनको सीमाआसपास दार्चुलाको लिपुलेक केन्द्रविन्दु भएर लगातार तीन पटक परकम्प गएको थियो । गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads