अछाम, २६ चैत । सोमबार राति चट्याङ लागेर अछाममा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले चट्याङ लागेर अछामको पञ्चदेवल विनायक नगरपालिका–७ बस्ने प्रसाद रावलको छोरा अन्दाजी १४ वर्षीय जनकको मृत्यु भएको जानकारी दिए । राति घरमा बसिरहेको समयमा चट्याङ पर्दा उनको मृत्यु भएको हो । मृतक जनकको शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी जिल्लाको सोही नगरपालिकाका वडा नं ४, ७ र ८ मा सोमबार राति चट्याङ लागेर अन्दाजी ३३ वर्षीय धर्मेन्द्र रावल, २७ वर्षीय गोविन्द रावल, ४५ वर्षीय धर्म रावल, १२ वर्षीय रमेश रावल, २२ वर्षीया रेतुका रावल, एक वर्षीय विप्लव रावल, ५७ वर्षीया उज्जा रावल, १९ वर्षीया सृजना रावल, २३ वर्षीया धिर्जा रावल, २० वर्षीय रघु रोक्का मगर, २२ वर्षीया कली रोक्का मगर तथा १९ वर्षीया सपना रोक्का मगर घाइते भएका छन् । घाइते अन्य तीन जनाको नाम खुल्न नसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ ।
चट्याङ लागेर घाइते भएकाहरुको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको प्रहरीले जनाएको छ । सोमबार साँझ एकाएक हावाहुरीसँगै आएको असिना तथा परेको चट्याङले डोटीलगायत यहाँका अन्य पहाडी जिल्लामा ठूलो मात्रामा बालीनालीको नोक्सानीसमेत गरेको छ ।
Related News
सम्बन्धित समाचार
आइएनएफको ‘शून्य कुष्ठरोग रणनीति’
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
hero news full width
मुख्य समाचार
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
जेठ २५, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०