आर्थिक सहयोग हस्तान्तरण

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७५
p 000

पोखरा, २४ चैत । बिश्वकर्मा कल्याण गुठी समाजले पोखरा–१८ निवासी संस्थाका सल्लाहकार मन बहादुर बिक का छोरा भानु विकको उपचार्थ वीस हजार रुपैयाँ सहयोग गरेको छ ।

सहयोग रकम हस्तान्तरण गर्दै गम्भीर बिरामी भानु विकको शिघ्र स्वाश्थ लाभको कामना समेत गरिएको छ । गुठीका अध्यक्ष मन बहादुर लाम्गादेको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो । सहयोग हस्तान्तरण कार्यक्रमको संचालन गुठीका महासचिव दीपक घिमिरे गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width