टिप्परको ठक्करवाट कार्कीको मृत्यु

एजेन्सी
चैत्र २२, २०७५
achchuveli-accident-2-626×380

भक्तपुर २२ चैत । भक्तपुरको जडीबुटीमा टिप्परको ठक्करबाट शुक्रवार विहान एक जनाको मृत्यु भएको छ।

बिहान २ बजेतिर जडीबुटीस्थित पेट्रोल पम्पअगाडि स्कुटरलाई टिप्परले ठक्कर दिँदा सिन्धुली भिमान घर भएका बालकृष्ण कार्कीको मृत्यु भएको हो। कार्की सवार बा ४९ प ७४४५ नम्बरको स्कुटरलाई नम्बर नखुलेको टिपरले ठक्कर दिएर भागेको हो।

स्कुटरमा रहेका अन्य दुई जना घाइते भएका छन्। सर्लाहीका जुनबहादुर आचार्य र रौतहटका भरत कार्की घाइते भएको प्रहरीले जनाएको छ। ठक्कर दिएको टिप्परको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । गत बुधबार पनि जडीबुटीमै टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width