मेट्रोपोलिटनद्वारा सरसफाइ

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७५

पोखरा, २१ चैत । पोखरा–१०, रामघाटमा अवस्थित मेट्रोपोलिटन एकेडेमीद्वारा वृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका प्राधानाध्यापक युवराज वास्तोलाको संयोजकत्वमा उक्त सरसफाई कार्यक्रम गरिएको हो ।

शिक्षक, शिक्षिका तथा विद्यार्थीको सहभागिता रहेको कार्यक्रम विद्यालय प्राङ्गणबाट सुरु भई अमरसिंहचोक, बुद्धचोक, पीपलडालीचोक र हस्पिटलचोक हँुदै पुनः विद्यालयमा पुगेर समापन भएको थियो ।

वर्तमान अवस्थामा बढ्दै गएको वातावरणीय प्रदूषणलाई कम गर्न जनचेतना फैलाउने उद्देश्य यस किसिमको कार्यक्रमको आयोजना गरिएको कुरा विद्यालयका शिक्षक कमल तिमिल्सिनाले जानकारी दिए । उक्त कार्यक्रममा विद्यार्थीले सडकका फोहोर व्यवस्थापनका साथसाथै ‘पर्यावरण जोगाऔँ–जीवन बचाऔँ, स्वच्छ सहर–हाम्रो रहर’ जस्ता विभिन्न सचेतनामूलक प्लेकार्ड समेत बोकेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width