पोखरा, २० चैत । लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालले बारा र पर्सा जिल्लामा हावा हुरीका कारण भएको जनधनको क्षति प्रति दुःख ब्यक्त गर्दै राहतका लागि अभियान सुरु गरेको छ ।
काठमाडौं क्षेत्रका लागि डिष्ट्रिक्ट ईर्मजेन्सी डिपार्टमेन्ट चिफ हरि मरठ्ठाको संयोजकत्वमा राहत संकलन भएको छ भने पोखरा क्षेत्रका लागि माटेपानीमा अवस्थित डिष्ट्रिक्ट सचिवालय मार्फत सहयोग संकलन भैरहेको डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट चिफ पब्लिक रिलेशन अफिसर परमेश्वर बरालले जानकारी गराए ।
जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नारालाइ चरितार्थ पार्दै काठमाडांै क्षेत्रमा करिव चार लाख र पोखरा क्षेत्रमा दुई लाख ५० हजार नगद सहित लत्ता कपडा खाद्यान्नको प्रतिबद्धता आएको पोखरा स्थित डिष्ट्रिक्ट सचिवालयले जानकारी दिएको छ ।
डिष्ट्रिक्ट गर्भनर अशोककुमार श्रेष्ठले हावा हुरीको घट्नाबाट पीडित परिवारको उद्दार तथा राहतका लागि सम्पूर्ण लायन्सलाई आ–आफ्नो तर्फबाट लाग्न प्रेरीत गर्दै काठमाडांै र पोखरा क्षेत्रमा संकलन भएको राहत तत्काल त्यहाँको स्थानीय प्रशासनसँग समन्वय गरी बितरण गरिने बताए ।
डिष्ट्रिक्ट गर्भनरको आव्हन बमोजिम पोखरा स्थित लायन्स क्लब अफ पोखरा लामाचौरले बारा जिल्ला अवस्थित भुलही र भखलिया गाँउमा गई तीन सय थान त्रिपाल एक हजार भन्दा बढीलाई खाना उपलब्ध गराएको क्लबका अध्यक्ष संजय लामाले बताए ।
लायन्स क्लब अफ पोखरा माछापुछ«े भिलेज, पोखरा फेवा सिटी लगाएतका क्लबको अगुवाईमा करीव तीन लाख रुपैयाँ बराबरको खाद्यान्न लत्ताकपडा संकलन गरि वितरणका प्रस्थान गरिएको डिष्ट्रिक्टका रिजन चेयरपर्सन शिवराज आचार्यले जानकारी दिए ।
भिषण हुरी बतासका कारण जनधनको क्षति भएको दुःखद परिस्थितिमा सहयोग गर्नु हामी सबैको कर्तव्य हुन आउँछ, तत्काल सहयोग तथा राहतका निम्ति जुट्न सम्पुर्ण लायन्स साथीहरु आग्रह गर्दै लायन्स क्लब अफ काठमाण्डौ सामाखुशीको तर्फबाट २१ हजार प्रदान गरेको अध्यक्ष परशुराम खतिवडाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९