सरकारको लाचारीले शिक्षक मर्कामा : पाण्डे

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७५

पोखरा, १६ चैत। नेपाली काँग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले संघीय सरकारको लाचारीका कारण शिक्षकहरु मर्कामा परेका बताएका छन्। संघीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार प्रत्यायोजन नगरेका कारण शिक्षकहरु मर्कामा परेको उनको कथन थियो। नेपाल शिक्षक संघ, कास्कीको २० औं प्रतिनिधिसभामा बोल्दै युवा नेता पाण्डेले शिक्षक संघको आन्दोलन संघीय सरकारप्रति लक्षित हुनुपनेर्मा जोड दिए।

‘स्थानीय तहलाई आधारभूत र माध्यमिक शिक्षाको संवैधानिक अधिकार दिएको छ, ’ उनले भने, ‘तर संघीय सरकारको उदासिनता र लाचारीपनका कारण शिक्षकहरु मर्कामा छन्। ’

नेता पाण्डेले शिक्षकहरुलाई नैतिकवान बन्न आग्रह गरे। शिक्षकहरु नैतिकवान बनेमात्रै गुणस्तरीय शिक्षाको विकास हुने उनको भनाइ थियो। उनले शैक्षिक नीति राष्ट्रभक्ति हुनुपनेर्मा जोड दिए। मुलुकको राष्ट्रियता कमजोर रहेको बताउँदै नेता पाण्डेले शिक्षकहरुले राष्ट्रभक्ति शिक्षामा जोड दिनुपर्ने औंल्याए।

पाण्डेले श्रमलाई सम्मान गर्ने किसिमको शिक्षामा जोड दिए। उनले आन्दोलनको साथसाथै गुणस्तरीय शिक्षाका लागि कार्यक्रम र कार्ययोजना बनाउन शिक्षक संघ समक्ष आग्रह गरे। संघका केन्द्रीय उपाध्यक्ष भरत लम्सालले संघले शिक्षकहरुको आन्दोलनलाई साथ नछाडेको बताए। शिक्षकहरुको आन्दोलनसँगै संघले वार्तालाई पनि अघि बढाएको लम्सालले बताए। नेपाल शिक्षक महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष किशोरदत्त बरालले शिक्षण पेशालाई मर्यादित बनाउन शिक्षकसमक्ष आग्रह गरे। शिक्षण पेशा मर्यादित बन्न नसके शिक्षकहरुको पनि सम्मान हुन नसक्ने उनको भनाइ थियो।

नेपाल शिक्षक महासंघका केन्द्रीय उपमहासचिव विजय पौडेलले शिक्षकहरुको समस्याप्रति काँग्रेस पार्टीसमेत उदासीन बनेको आरोप लगाए। उनले आफ्ना मागहरुलाई पूरा गर्न शिक्षकबीच एकता औंल्याए।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले प्रजातन्त्र र लोकतान्त्रिक आन्दोलनमा शिक्षकहरुको योगदानलाई पार्टीले नभुल्ने बताए। केसीले शिक्षकहरुको न्यायपूर्ण आन्दोलनप्रति केन्द्रदेखि जिल्लास्तरसम्म पार्टीको सहयोग र समर्थन रहने प्रतिबद्धता जनाए।

कास्की काँग्रेसका नेता शुक्रराज शर्माले परिणाम देखिने गरी राज्यबाट शिक्षामा लगानी हुनुपनेर्मा जोड दिए। प्राविधिक र नैतिक शिक्षामा जोड दिँदै शर्माले मुलुकको आमशैक्षिक क्षेत्रमा परिवर्तन हुनुपर्ने औंल्याए।

संघका केन्द्रीय सदस्य विजयालक्ष्मी कोइरालाले शिक्षकहरुमा सकारात्मक सोंचको खाँचो औंल्याए। सकारात्मक सोंच लिएर अगाडि आफ्ना मागहरुलाई शिक्षकहरुले पूरा गर्ने बताइन्। नेपाल शिक्षक महासंघका पूर्व केन्द्रीय सचिव बसन्तराज पाण्डेले प्रदेश सरकारले एसइई परीक्षा संचालन गर्न नसक्ने दाबी गरे। उनले संघीय, प्रादेशिक र स्थानीय तहमा शैक्षिक क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने औंल्याए। कार्यक्रममा संघको महासचिव सोमलाल गिरी, नेपाल शिक्षक महासंघका सचिव मनिराम कँडेल, नेपाल शिक्षक संघ कास्कीका पूर्व अध्यक्ष मित्रलाल सापकोटा, संघका निवर्तमान सदस्य रोमबहादुर खवास, संघका तनहुँ अध्यक्ष कमलभक्त पोख्रेल, संघका स्याङ्जा अध्यक्ष लक्ष्मी रेग्मी, कास्की काँग्रेस नेतृ सरस्वती गुरुङ, शिक्षक संघ पोखरा नगर सभापति भोलानाथ पौडेल, नेपाल प्राध्यापक संघ पीएन क्याम्पसका अध्यक्ष दीपेन्द्र पराजुली, नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारी, प्रेस युनियन कास्कीका अध्यक्ष नवस्न सिग्देल र शिक्षक शंकर ज्ञवालीलगायतले मन्तव्य राखेका थिए। संघका अध्यक्ष रमेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डाल्डादेवी भुजेलले स्वागत, खिमलाल तिमिल्सिनाले धन्यवाद ज्ञापन र सचिव राजु क्षत्रीले कार्यक्रम संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • तारकाङ पोखरा समाजको सभा

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । तारकाङ सम्पर्क समाजको आठौं साधारण सभा शनिबार सम्पन्न भएको छ । मादी ४ का अध्यक्ष शिवप्रसाद सापकोटाको प्रमुख…
  • पोखरामा मनाइयो मानवअधिकार दिवस

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा सबैका लागि मर्यादा, समानता र न्याय भन्ने मूल नाराका साथ कास्कीमा…
  • ‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । भूगर्भविद् तथा फोटोग्राफर डा. इरिका र छोरी इर्मट्रड आमोछोरीले खिचेको हिमाली क्षेत्रका समान जीवनशैलीका तस्वीरबारे पोखरामा जारी आठौं…
  • लायन्स हेरिटेजको न्यानो कपडा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    पोखरा, २३ मंसिर । लायन्स क्लब अफ पोखरा हेरिटेजको आयोजनामा मानव सेवा आश्रममा सहयोग गरिएको छ । पोखरा २५, हेमजा…
  • वडा नम्बर १२ को चोकचोकमा डस्टबिन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    पोखरा । पोखरा १२ नम्बर वडा कार्यालयले सरसफाइमा चासो देखाएको छ । शहर सफा राख्न कार्यालयले सामुदायिक विद्यालय, नवीकरण भएका…

hero news full width