अन्तराष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण गरिने

रासस
चैत्र १६, २०७५
cricket

काठमाडौँ, १६ चैत । काठमाडौँ महानगरपालिकाले अन्तरर्नष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण गर्ने भएको छ ।

शुक्रवारदेखि शुरु भएको तीनदिने महिला उद्यमी हस्तकला व्यापार मेलाको उद्घाटन गर्दै प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगर क्षेत्रभित्र एउटा पनि अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल नभएकाले महानगरले अत्याधुनिक प्रदर्शनीस्थलको निर्माण गर्ने बताए । पछिल्लो समय उत्पादित वस्तु वृद्धि भएको उत्पादन गरेर मात्र नहुने हुँदा उत्पादित वस्तुलाई बजार आवश्यक भएको बताए ।

उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महानगरले महिला सशक्तीकरणका लागि खण्डखण्डमा होइन एकीकृत रुपमा कार्यक्रम अघि बढाएको बताइन् । महानगरभित्र सीपमूलक तालिम लिएका महिलाले उत्पादन गरेका सामग्रीले महिलाको आय बढने उनको भनाइ थियो । घरबाहिर जाँदा श्रीमानसँग खर्च माग्नु परेन भने पनि महिलामा ठूलो परिवर्तन आउँछ । यसले थप काम गर्ने हौसला बढ्छ । समाज रुपान्तरणमा राम्रो परिणाम ल्याउँछ –उनले भनिन।

प्रदर्शनीमा हातले बनाएका रु १०० देखि रु ५० लाख सम्मका सामान राखिएका छन् । एक सय नवौँ नारी दिवसको अवसर पारेर शुरु गरिएको मेलामा ढाका, बाँस तथा अल्लोका कपडा, अचार, मौलिक खानेकुरा, पोते, गरगहना, मूर्तिलगायत सामग्री राखिएका छन् । यस वर्षको नारी दिवसको नारा ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार, समृद्धिको आधार’ रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width