विराटनगर, १४ चैत । वनमा डढेलो लाग्न नदिन सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने सहभागीले जोड दिएका छन् । प्राकृतिक सम्पदाको रुपमा रहेको वनबाट मानव जीवनमा निकै फाइदा रहेकाले यसको संरक्षण, संवद्र्धन हुनु जरुरी रहेको सरोकारवालाको भनाइ छ ।
निजी, साझेदारी र सामुदयिक वन गरी मोरङमा ५५ हजार ५०० हेक्टर जग्गामा वन छ भने समग्र जिल्लाको २९.९ प्रतिशत क्षेत्रफल वनले ढाकेको छ । प्रायः फागुनदेखि जेठ महीनामा वनमा डढेलो लाग्ने गरेको पाइएको छ भने विशेष गरेर मानवका कारण वन डढेलो लाग्नु र वन क्षेत्रमा रहेका बस्ती पनि जोखिममा पर्ने भएकाले यसतर्फ सम्बन्धित निकायले निगरानी बढाउन डिभिजन वन कार्यालयले ‘डढेलो नियन्त्रण गरौँ, वन जोगाऔँ’ भन्ने प्रमुख नाराकासाथ वन डढेलो नियन्त्रण जनचेतना सप्ताह बुधबार सम्पन्न गरेको छ ।
वनमा पसेर घाँसपात गर्ने, पिकनिक मनाउने, निगरो र च्याउका निम्ति मानिसले आगो लगाउने गरेको तथ्य सार्वजनिक भएको छ भने कतिपय सामुदायिक वन उपभोक्ता समितिले डढेलो शीर्षकमा राखेका रकम खर्च गर्न पनि वनमा आगो लाग्ने गरेको अनुमान बाहिर आएको छ । वनमा आगो लाग्दा रुखको फेदमा रहेका स–साना बोटबिरुवा, घाँसपात, झार डढ्नुका साथै वनमा आश्रित वन्यजन्तु पनि जलेर खरानी हुनुले ठूलो समस्या देखिएको छ ।
मोरङको वेतना सीमसार सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा आयोजित पत्रकार र वनका पदाधिकारी एवं सञ्चारकर्मीसँगको छलफलमा डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले वन हामी मानवका निम्ति अत्यन्त आवश्यक रहेकाले यसलाई जोगाउनु हाम्रो धर्म हो भने । पथरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश पौडेलले वन क्षेत्रमा दैनिक आगलागी भइरहेकाले आगो निभाउन परम्परागत प्रविधि तथा उपाय अतिरिक्त आधुनिक प्रविधि र उपकरण प्रयोग गर्नुपर्ने सुझाव दिए ।
ग्रामीण सुधार सामुदायिक वनका अध्यक्ष अमर सङ्ग्रौला, सञ्चारकर्मी गोपाल काफ्ले, भीमराज अधिकारी, मोहन भट्टराई र भक्तशेर लिम्बूले वन राष्ट्रको धन भएकाले यसको विनाशभन्दा विकास र विस्तारमा लाग्नुपर्नेमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०