विप्लव समूहमाथि सूरक्षा सक्रियता

एजेन्सी
चैत्र १३, २०७५
Nepal-Police-

पोखरा, १३ चैत । सुरक्षा वैठकमा गृहमन्त्री र प्रहरीप्रमुखवीच छलफल हुँदा विप्लव माओवादी र सीके राउत सुरक्षा चुनौतीका रुपमा देखिने गथ्यो, त्यो मध्यको सीके राउत वार्तावाट राजनीतिक मूलधारमा र्आ तर विप्लव समूह वार्तामा नआएपछि सरकारले फागनु २८ गते विप्लवमाथि प्रतिवन्ध लगायो ।

प्रतिवन्धसँगै विप्लव समूहमाथि सूरक्षा निकायले देशैभरी धरपकड गर्दै  पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको छ । यसैक्रममा पछिललो समयमा ललितपुर, नवलपसारी, काभ्रे, म्याग्दी, कास्की लगायतका जिल्लावाट उक्त समूहका कार्यकर्ता पक्राउ पर्न थाले ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच अछाममा मंगलवार दोहोरो भिडन्त भएको छ । जिल्लाको रामारोशन गाउँपालिकाको बाटुलसैनमा मंगलबार दिउँसो १२ बजे दुई पक्षबीच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय, अछामले जनाएको छ ।

गस्तीमा रहेको टोलीमाथि विप्लव कार्यकर्ताले फायर खोलेपछि त्यसको जवाफ फर्काएको अछामका प्रहरी प्रमुख जनक शाहीले बताए । शाहीका अनुसार चार जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा विप्लव समूह निकट अखिल क्रान्तिकारीका अछाम जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा सङ्गठनका जिल्ला सदस्य सुरेश साउद, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी भुमिसरा धामी र युवा सङ्गठनका राजेन्द्र धामी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रहरीले विप्लव समूहले फायर खोलेको बताए पनि विप्लव समूहका एक नेताले भने प्रहरीको भनाइ झुटो भएको दाबी गरे । ‘प्रहरीले सुरूमै हामीमाथि फायर खोलेपछि त्यसको जवाफी फायर हामीले गरेका हौं’, विप्लव समूहका एक नेताले भने ।
चन्द समूहका नेता–कार्यकर्ताको गतिविधि नियन्त्रणका लागि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । घाइते भने सामान्य रहेको वताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width