पोखरा, १२ चैत । पोखरा महानगरपालिकाले मापदण्ड विपरित बनेको घर भत्काएको छ । सोमबार पोखरा– ५ धारापानी मार्गमा रहेको युवराज खतिवडाको घर भत्काईएको हो । सार्वजनिक जग्गा मिचेर घर बनाएकोले भत्काउन बाध्य भएको महानगरले जनाएको छ ।
वडा सदस्य अञ्जु केसीसँगको टकरावका कारण महानगरले अन्याय गरेको केही स्थानीयको आरोप छ भने महानगरले मापदण्ड विपरित बनेका घरहरु त्यसै नछोड्ने बताएको छ । केही समयअघि खतिवडा र केसी बीच वाकयुद्ध जस्तै चलेको थियो ।
तर महानगरले मापदण्ड विपरित बनेकोले घर भत्काउन खतिवडालाई पत्राचार गरिसकेको छ । पत्राचार गरिएको समयमा घर नभत्काएकोले महानगरले आँफै भत्काउनुपरेको प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीले बताए ।
कानुन सबैलाई समान भएकोले पहुँचका भरमा कसैले पनि सार्वजनिक सम्पत्ति दुरुपयोग गर्न नपाउने उनको भनाई छ । घरधनी खतिवडा चाहीँ आँफुले किनेको जग्गामा घर बनाएको भन्दै रिसिईवीका कारण महानगर आँफुमाथी खनिएको गुनासो गरेका छन् ।
घर भत्काउन पुग्दा स्थानीय, प्रहरी र जनप्रतिनीहरुबीच भनाभन समेत भएको थियो । वडा प्रहरी कार्यालय बैदाम, नगर प्रहरी सहितको उपस्थितिमा उनको घर भत्काईएको हो ।
Related News
सम्बन्धित समाचार
ड्राइभिङ स्कुल संघमा तुलबहादुर
सूर्यको लालित्यमा ध्यानमग्न
९ लाख छात्रवृत्ति दिँदै कन्या क्याम्पसले मनायो वार्षिकोत्सव
एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ को दोस्रो शृंखला
लेखनाथ महोत्सवको ६० प्रतिशत स्टल बुकिङ
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०