पोखरा,११ चैत । वरिष्ठ पत्रकार एवम् नेपाल पत्रकार महासङ्गका पूर्व अध्यक्ष किशोर नेपाललाई यस बर्षको ‘कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान’ बाट पुरस्कृत गरिने भएको छ ।
नेपाल पत्रकार महासंघ कास्की शाखाबाट सञ्चालित एवम् सूर्य प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रस्ट (समाजसेवि तथा उद्योगपति सूर्यबहादुर के.सी. र प्रेमकुमारी के.सी.)पोखराद्वारा स्थापित सो पुरस्कारको राशी नगद रु एक लाख ११ हजार १११ तथा सम्मानपत्र रहेको छ।
महासंङ्गको आज बसेको बैठकले प्रतिभा छनौट समितिले गरेको सिफारिसलाई अनुमोदन गरी सो पुरस्कार नेपाललाई प्रदान गर्ने निर्णय गरेको शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । उनका अनुसार यही चैत १९ गते एक कार्यक्रमकाबीच सो पुरस्कार नेपाललाई अर्पण गरिने छ ।
महासङ्गका सल्लाहकार एवम् पूर्व अध्यक्ष बद्रीबिनोद प्रतीक संयोजक तथा निवर्तमान अध्यक्ष एवम् केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, सल्लाहकार रमेश पौडेल तथा शाखा अध्यक्ष श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सेना छनौट समितिमा थिए ।
वि.सं २०७३ मा स्थापित राजधानी बाहिरको सबैभन्दा धेरै पुरस्कार राशी भएको सो पुरस्कारबाट अग्रज पत्रकार युवराज घिमिरे र बद्रीविनोद प्रतीक पुरस्कृत भईसकेका छन् । पत्रकार नेपाल हाल व्यावसायिक पत्रकारिता केन्द्रको अध्यक्ष तथा विभिन्न छापा माध्यममा स्तम्भकार छन् ।
उनले नागरिक दैनिकमा प्रधानसम्पादक, कान्तिपुर पव्लिकेशनको नेपाल साप्ताहिकको सम्पादक, गोरखापत्र दैनिकको प्रधानसम्पादक तथा महाप्रवन्धक हिमालयन टाईम्सको सम्पादक लगायत विभिन्न छापा सञ्चारमाध्यममा आफ्नो जिम्मेवारी निर्वाह गरे ।
नेपालले विभिन्न पुस्तकसमेत प्रकाशन गरेका छन् भने कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता अवार्ड लगायत विभिन्न अवार्ड तथा फेलोसिप प्राप्त गरेका छन् ।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०