महानगर २७ मा बगैचा  निर्माण

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७५
Pic of Lekhnath

लेखनाथ, ११ चैत । पोखरा महानगरपालिका वडा नं. २७ का कर्मचारीले कार्यालय परिसरमा विभिन्न जातका दुई सय पचास फुलका विरुवा रोपेका छन् ।

कर्मचारीले सोमबार विहान र कार्यालय समय पछि गरी विभिन्न जातका फुलका विरुवा रोपेका हुन । साविक लेखनाथ नगरपालिकाको कार्यालय रहेको भवनमा अहिले वडा नं. २७ को कार्यालय रहँदै आएको छ ।

मुलगेट देखी परिसरसम्म रोपिएका विभिन्न जातका फुलका विरुवाले कार्यालयको सुन्दरतामा थप बृद्धि भएको वडा नंं २७ का वडा सचिव लिलामणि भण्डारीले बताए । विहान एक घण्टा अगाडी र बेलुका कार्यालय समय पछिको समयलाई व्यवस्थापन गरेर विरुवा रोपिएको उनले बताए । वडा कार्यालय ३६ रोपनी क्षेत्रफलको परिसरमा रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • क्षमता अभिवृद्धि तालिम सुरु

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०७९
    पोखरा । इन्सेक गण्डकी प्रदेश कार्यालयद्वारा माछापुच्छ्रे गाउँपालिकामा मानवअधिकार समूहका सदस्य र सरोकारवालाका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ…
  • सडक महोत्सव समिति गठन

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०७९
    पोखरा । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षमा गर्दै आएको सडक महोत्सव सफल पार्न विशेष साधारण सभा…
  • हस्तकला तथा सीप तालिम प्रदर्शनी उद्घाटन

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०७९
    पोखरा । प्रत्यक्ष अवलोकनमा आधारित महिला हस्तकला तथा सीप तालिम प्रदर्शनी शुक्रबारदेखि सुरु भएको छ । बिहीबार महिला सीप विकास…
  • वेगनासताल बसपार्क सरसफाइ अभियान

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०७९
    लेखनाथ । वेगनास ताल नजिकै रहेको वेगनासताल बसपार्क सरसफाइका लागि वडा ३१ को कार्यालयले बिहीबारबाट सरसफाइ अभियान थालेको छ ।…
  • आजदेखि औद्योगिक व्यापार मेला

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०७९
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला शुक्रबारदेखि पोखरामा सुरु हुँदैछ । पोखरा उद्योग वाणिज्य संघले मंसिर १६ देखि २५ सम्म…

hero news full width