फाइल तस्बिर
भद्रपुर , ८ चैत । यही चेत १० गतेवाट सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा झापामा चार महिला केन्द्राध्यक्ष तोकिएका छन् ।
जिल्ला विकास तथा समन्वय इकाइका अनुसार देवी मावि विर्तामोडमा अम्बिकादेवी श्रेष्ठ, जनजागृति मावि हल्दिबारीमा इन्दिरा चुँडाल, भृकुटी मावि कनकाईमा अञ्जना सिटौला र जनता मावि गौरादहमा थानेश्वरी निरौलालाई तोकिएको छ ।
जिल्ला विकास तथा समन्वय इकाइ प्रमुख योगेन्द्र बरालका अनुसार जिल्लाबाट १५ हजार ६८९ जना परीक्षार्थी सहभागी हुँदैछन् । हाजिर नपुगेका, राजश्व नबुझाएका, सम्पर्कमा नआएकासमेत गरी जिल्लाबाट १२० विद्यार्थी एसइइ परीक्षा दिनबाट वञ्चित भएका छन् । पन्ध्र स्थानीय तहमा ५३ वटा परीक्षा केन्द्र रहेका छन् ।
परीक्षालाई मर्या्दित तुल्याउन परीक्षा केन्द्रमा सुरक्षाका लागि ५५० प्रहरी परिचालन हुने भएका छन् । प्रश्नपत्र परीक्षा केन्द्रको नजिकको प्रहरी कार्यालयमा पु¥याइएको छ भने उत्तरपुस्तिका सम्बद्ध केन्द्रमा पुगिसकेको छ ।
इकाइ प्रमुख बरालले परीक्षालाई मर्या्दित बनाउन विद्यालयको मूलद्वारमा विद्यार्थीको तलासी हुनसक्ने, परीक्षा केन्द्रसम्म मोबाइल लगिएको भए त्यसलाई ‘स्वीचअफ’ गरिने, निरीक्षकको क्रियाकलाप समेत अनुगमन गरिने, चिट चोर्न र चोराउन नदिइने बताए ।
उनका अनुसार परीक्षा केन्द्रमा पुगेर स्थानीय तहका प्रमुख उपप्रमुख, शिक्षा इकाइका प्रमुख, जिल्ला परीक्षा समन्वय समितिका पदाधिकारी, शिक्षक युनियनका अध्यक्ष र उपाध्यक्षले निरीक्षण गर्न सक्ने जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मनाङमा भारी हिमपात, जनजीवन कष्टकर
सामुदायिक सेवा केन्द्र कालिकाको सचेतना कार्यक्रम
पर्यटन मन्त्रालयको चौमासिक समीक्षा
पुस ५ देखि भदौरे पञ्चासे महोत्सव
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०