पोखरा, ७ चैत। नेपाल रेडक्रस सोसाइटी पोखरा – १० उपशाखा लगायत रामबजारका संघ – संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन्।
प्रमुख अतिथि पोखरा – १० का वडा सदस्य प्रतिभा बिक पोखरेलले ४१ औं पटक रक्तदान गरेका वीरबहादुर भुजेललाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए। रक्तदान गनेर्मा प्रायः धेरैजसो महिला र पहिलो पटक रक्तदान गर्ने थिए।
कार्यक्रममा वडा सदस्य दीपकबहादुर थापा, ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष क्या. थमानसिंह थापा, नेपाल रेडक्रस सोसाइटी पोखरा – १० का विशिष्ट सदस्य टुकाराम लामिछाने, श्रीकृष्ण मन्दिर संचालक समिति अध्यक्ष ज्ञानबहादुर थापा, राम मन्दिर संचालक समिति अध्यक्ष पदमबहादुर गुरुङ, रामबजार युथ क्लब कोषाध्यक्ष अर्जुन आले, कालिका मन्दिर परिसर आमा समूह अध्यक्ष माया केसी र राममन्दिर माछापुच्छ्रे महिला समूह अध्यक्ष माया गुरुङ भुजेल बोलेका थिए।
कार्यक्रममा रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्र रामबजारका ९८ वर्षीया गौप्रसाद गुरुङ र ८९ वर्षीया लालश्री गुरुङलाई सम्मान गरिएको थियो।
कार्यक्रममा अधिवक्ता उत्तम केसी १ हजार २ सय, क्या. रमानन्दसिंह थापा १ हजार १ सय, सम्मरबहादुर श्रेष्ठ १ हजार ५, जमुना बरालले १ हजार, पदम गुरुङले १ हजार, आशमाया आले ५ सय २०, कालिका मन्दिर परिसर आमा समूह ५ सय, ज्येष्ठ नागरिक मिलन केन्द्र रामबजारले फलफूल, राम मन्दिर माछापुच्छ्रे महिला समूहले मिनरल वाटर सहयोग गरेका थिए। उपशाखा सभापति सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जीवन श्रेष्ठले स्वागत मन्तव्य र राममन्दिर माछापुच्छ्रे महिला समूह सचिव लेकमाया पुनले संचालन गरेका थिए। एजेन्सी
Related News
सम्बन्धित समाचार
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
एनटिभिएको शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१