आगलागीबाट महिलाको मृत्यु

रासस
चैत्र ८, २०७५
1

ताप्लेजुङ, ८ चैत । मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।

सान्थाक्रास्थित दिदीमा टोलका जीतबहादुर आबजुङ लिम्बूको घरमा आगलागी हुँदा उनकी श्रीमती ४२ वर्षीया यमुहाङमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनापश्चात् प्रहरी टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको थियो । शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width