पोखरा, ७ चैत । अपाङ्गता भएका व्यक्तिको सीप, क्षमता र योग्यताको विकासगरी सक्षम नागरिकको रुपमा विकास गर्नुपर्ने विहीवार पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघ संघीय कार्यालय एवं गण्डकी प्रदेश कार्यालयद्वारा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र विकास सम्वन्धी अन्तरक्रियामा सहभागी वक्ताले उक्त कुरामा जोड दिएका हुन् ।
अपाङ्गता भएका व्यक्तिले भोग्नु परेको समस्या बिषयक आधारपत्र प्रस्तुत गर्दै अधिवक्ता श्रीकान्त सापकोटाले अपाङ्गता भएका व्यक्तिले थुप्रै व्यक्तिगत, पारिवारिक र सामाजिक समस्या झेल्नु परेको बताए । त्यस्ता व्यक्तिमा भौतिक पूर्वाधार, संस्थागत संरचना, स्रोत साधन, सूचना तथा आवश्यक सेवा सुविधा मा सहज पहुँच पुग्नु नसकेको गुनासो सापकोटाको छ ।
समाजमा अपाङ्गता भएका व्यक्तिलाई दृष्टिकोण बदलिएको छ्रैन, नीति निर्माण उनीहरुको पहुँच पुग्न सकेको छैन, उनीहरुको मानव अधिकार र विकासका लागि सरकारले वास्ता गरेको छैन, श्रोत साधनको अभाव, समावेशीकरणको अभाव भएको भनाई सापकोटाको थियो ।
महिलाभित्र अपाङ्गता भएका महिला, दलित, जनजाति, मधेसी लगायतका क्षेत्रभित्र अपाङ्गताको सवाल ओझेल पर्नु, उनीहरुका लागि समूचित भूमिका हुन नसक्नु राज्यले सक्षम नागरिकलाई सशक्त वर्गका रुपमा राजनीतिक, सामाजिक सांस्कृतिक क्षेत्रसम्म स्वीकार गर्न नसक्नु विण्म्वना हो, सापकोटाले भने ।
त्यस्तैगरी शिशिर खनालले अपाङ्गता भएका बालवालिकाको शिक्षादीक्षाका लागि उनीहरुमैत्री पूर्वाधार, प्रक्रिया र सामाग्री एवं सोचकाने कमीहुँदा सहज कार्यमा समस्या भएको बताए । स्वरोजगार र आरक्षण मर्मअनुसार कार्यान्वयन हुन नसककेो गुनासो उनको छ । फरक क्षमता भएको ब्यक्तीहरुले कठिन पूुर्ण जीवन जिऊन बाध्य भएको भन्दै अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकारको सुनिश्चितताको लागि एकजुट हुनुपर्ने आबश्यकता रहेको औलाए ।
उनीहरुको सहजताको लागि स्नेह र उपल्ब्धी मुलक सीपमा लगाउनुका साथै स्रोत र साधनको पहुँचमा लानुपर्नेमा उनको जोड दिए । ।
सामाजिक विकास मन्त्रालयका सामाजिक बिकास अधिकृत गोमा बाग्लेले अपाङ्गता भएका व्यक्तिहरुको सीप र क्षमता बिकासमा ध्यान दिनुपर्ने वताउदै मन्त्रालयले उनीहरुको विकासमा केही रकम छुट्याएको वताइन् ।
उक्त अवसरमा हेम गुरुङ, गिरीधारी सुवेदी, शिव खकुरेल लगायतले अपाङ्गता भएका व्यक्तिका समस्यामा सरकारले चासो नदिएको भनाइृ राखेका थिए । संस्थाका गण्डकी प्रदेश अधयक्ष खेमराज शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव राजेन्द्र घिमिरेको सन्चालन गरेको थिए ।
इन्द्रमणी पाण्डे, बिधार्थी पत्रकार
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०