कुँडहर आधारभूत विद्यालयमा मैना

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७५
kudahar_Fotor

पोखरा,  ६ चैत। कुँडहर आधारभूत विद्यालय व्यवस्थापन समितिको अभिभावक भेलाले रुद्रकुमारी गुरूङ (मैना) को नेतृत्वमा ९ सदस्यीय कार्यसमितिको चयन गरिएको छ।

जसमा सदस्यसचिव विद्यालय प्रअ नीलकण्ठ पाठक,  वडा शिक्षा समितिमा सदस्य नीशा मल्ल,  वडा शिक्षा समितिमा सदस्य भरत केसी,  अभिभावकतर्फबाट रामकृष्ण लामिछाने,  अभिभावकको तर्फबाट सुष्मा मगर,  अभिभावकको तर्फबाट कमला परियार,  शिक्षक प्रतिनिधि टेकबहादुर थापा र चन्दा सहयोगदाता भूपू प्रअ चन्द्रबहादुर थापा छन्।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकमा सदस्य भरत केसीद्वारा विद्यालयको शैक्षिक गुणस्तरियताको लागि शिक्षक तलबस्वरूप वार्षिक २४ हजार दिने र ई–लाइब्रेरीको लागि व्यक्तिगत १ लाख सहयोग दिने घोषणा गरेकोमा उनलाई धन्यवाद दिइयो।

Related News

सम्बन्धित समाचार

hero news full width