लेखनाथ, ५ चैत। खानेपानीका लागि दैनिक घण्टौं खर्चदै कुवा र धारो धाउनुपर्ने समस्या झेल्दै आएका कालिकावासीले अब त्यस्तो समस्या झेल्नु नपर्ने भएको छ। सोलार लिफ्टिङ्ग प्रयोग गरी घरकै आँगनमा खानेपानीको धारा झरेपछि उनीहरुको लागि वरदान सावित भएको छ।
खानेपानी खोजीको लागि कहिले नजिकैको कुवा त कहिले छहरे खानेपानीको धारासम्म पुग्ने गरेकी ४८ वर्षीया सावित्री जिसीले आफ्नै घरआँगनमा पानी धारो आउँला भन्ने कल्पनासम्म गरेकी थिइनन्। तर अहिले गाउँ तलको खोलाबाट सोलारको प्रयोग गरी घरमा नै धारा आउँदा मनमा खुशी र आनन्दको अनुभूति भएको उनी बताउँछिन्।
खानेपानी समस्याले आफूले संचालन गरेको होमस्टे बन्द नै गर्नुपर्ने सोचमा पुगेकी जिसीले एक गाग्री खानेपानीको लागि ५० रुपैयाँसम्म तिरेको तितो यथार्थ समेत सम्झिइन्। उनले भनिन्, ‘अब ब्यवस्थित होटल नै संचालन गर्ने अगाडि बढ्ने आशा पलाएको छ। ’
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको प्राविधिक सहयोग र युनिका फाउण्डेन नेदरल्याण्डको आर्थिक सहयोगमा कालिका जामुने पिप्ले सोलर लिफ्टिङ्ग खानेपानी तथा सरसफाइ परियोजना संचालन भएपछि पोखरा–२८, कालिकाका ३ सय २४ घरपरिवारका १ हजार ८ सय ३७ जना उपभोक्ता लाभान्वित भएका हुन्।
दुई वटा सोलर स्टेशनबाट ३६ किलोवाट विद्युत् उत्पादन गरी ५ सय २० मिटर भर्टिकल उचाइ तलबाट पानी तानेर ‘एक घर, एक धारा’ अवधारणले खानेपानीको सुविधा पुगेपछि उक्त क्षेत्रका वासिन्दालाई सेवा दिन सकिएको परियोजनाका इ. कालिदास सापकोटाको भनाइ रहेको छ।
घरमा खानेपानीको सुविधाले गाउँलेहरुमा खुसीको सीमा नाघेको जामुने पिप्ले सोलर लिफ्टिङ्ग खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तेजराज तिमिल्सेना बताउँछन्। पारिलो ठाउँमा दुईवटा सोलार स्टेशन राखेर प्रतिसेकेण्ड तीन लिटरका दरले पानी संकलन गरी त्यस क्षेत्रका उपभोक्तालाई खानेपानीको सुविधा दिन पाउँदा खुसी लागेको परियोजनाका टिम लिडर तथा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका निवर्तमान सभापति वामदेव ढुगानाको भनाइ छ।
कुल ४ करोड ६ लाख रुपैयाँ लागतमा ३० महिना पहिले शुरु परियोजनमा उपभोक्तातर्फबाट गैर स्थानीय सामग्रीको २० प्रतिशत लगानी परेको छ भने अन्य लगानी सहयोगी संस्थाको हो।
परियोजना अन्तिम चरणमा पुग्दा ३ सय २४ धारा क्षमतामध्ये अहिलेसम्म ३ सय एक धारा निर्माण गरिसकिएको छ। जसमध्ये २ सय ७४ वटा धारा संचालनमा आइसकेको छ। घरघरमा पानीको सुविधा पुगेपछि उपभोक्तामा तरकारी खेतीदेखि अन्य व्यवसाय संचालन गर्न समेेत सजिलो भएपछि गाउँमा नै आयआर्जन सम्भावना बढेको स्थानीय बताउँछन्। यस अगाडि परियोजनाको तर्फबाट उपभोक्तालाई कुखुरापालन, तरकारी खेती र च्याउ खेतीको तालिम दिइएको थियो भने त्यस क्षेत्रका १० आमा समूहलाई लगानीमैत्री वातावरण सृजनाका लागि आर्थिक सहयोग समेत गरिएको थियो।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१