पोखरा, ५ चैत। नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ।
नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले पोखरामा सोमबार पत्रकार भेटघाट गरी चैत २८ र २९ गते सम्मेलन गर्न लागेको जानकारी दिएको हो।
सम्मेलन उद्घाटन सत्र चैत्र २८ गते पोखरा सभागृहमा हुनेछ। उद्घाटन सत्रलाई पार्टीका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहित शीर्ष नेताहरुले सम्बोधन गर्ने बताएको छ।
‘कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन पार्टीलाई चलायमान र सुदृढीकरण बनाउनका लागि हो,’ नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले भने, ‘यसले पार्टीलाई सशक्त ढंगबाट अघि बढाउन सहयोग गर्नेछ। ’
उनले सम्मेलनले पार्टीलाई गुट उपगुट अन्त्य गरी एक ढिक्काका साथ अघि बढ्न दबाबमूलक सुझाव दिने उल्लेख गरे।
सम्मेलनले विदेश पलायन युवालाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न सरकारलाई दबाब दिने र भातृ तथा शुभेच्छुक संस्थालाई महाधिवेशनमार्फत अघि बढाउन पार्टीलाई दबाब दिने बताइएको छ।
त्यस्तै, सम्मेलनले सरकारका गतिविधि चित्तबुझ्दो नभएकाले देशव्यापी विरोधका कार्यक्रम संचालन गर्नका लागि केन्द्रलाई आग्रह समेत गर्ने छ।
‘पार्टीभित्रको एकतासँगै सरकारका गतिविधिप्रति पनि खबरदारी गरिने छ,’ समितिकी महासचिव लक्ष्मी पाण्डेले भनिन्, ‘सम्मेलन पार्टीलाई व्यवस्थित बनाउन र सरकारलाई खवरदारी गर्न सफल हुनेछ। ’
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष बाबुकृष्ण सापकोटा, कोषाध्यक्ष रेशम गुरुङ, वरिष्ठ सदस्य महेन्द्र थिङ र नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले बोलेका थिए।
यसैबीच, नेपाली काँग्रेस कास्कीको सोमबारको बैठकले कोषाध्यक्षहरुको सम्मेलनलाई सहयोग गर्नका लागि विभिन्न समितिहरु गठन गरेको छ।
बैठकले देवेन्द्र रानाभाटको संयोजकत्वमा मञ्च व्यवस्थापन, लक्ष्मी पाण्डेको संयोजकत्वमा अर्थ व्यवस्थापन, नवीन सिग्देलको संयोजकत्वमा प्रचारप्रसार, ओमप्रकाश गुरुङको संयोजकत्वमा स्वयंसेवक परिचालन, केवल गिरीको संयोजकत्वमा भोजन व्यवस्थापन र लक्ष्मण पहारीको संयोजकत्वमा आवास व्यवस्थापन समिति गठन गरेको हो।
Related News
सम्बन्धित समाचार
ड्राइभिङ स्कुल संघमा तुलबहादुर
सूर्यको लालित्यमा ध्यानमग्न
९ लाख छात्रवृत्ति दिँदै कन्या क्याम्पसले मनायो वार्षिकोत्सव
एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ को दोस्रो शृंखला
लेखनाथ महोत्सवको ६० प्रतिशत स्टल बुकिङ
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०