पोखरा, ५ चैत । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले रंगहरुको चाड ‘होली पर्व–२०७५’ को अवसरमा समस्त गण्डकी प्रदेशवासीलाई शुभकामना दिएका छन् ।
प्रदेश प्रमुख कुँवरले होलीजस्ता राष्ट्रिय पर्वले भातृत्व, आवसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्ने गरेको समेत बताएका छन् ।
होली पर्व–२०७५ को अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख कुँवरले यस्तो बताएका हुन् । शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको सुखद् अवसरमा खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने होली पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको प्रदेश प्रमुख कुँवरले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
होलीलाई नेपाल सरकारले राष्ट्रिय पर्व घोषणा गरेको छ । विभिन्न समुदायले मनाउने होली पर्वले छुट्टै मौलिक, परम्परा र साँस्कृतिक महत्व बोकेको छ ।
बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधता र यही विविधतायुक्त धार्मिक, साँकृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान दिएका छन्’ प्रदेश प्रमुख कुँवरले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ,‘होली पर्वले पनि विविध धर्म र सँस्कृति मान्ने समस्त गण्डकी प्रदेशवासीहरुमा भातृत्व र अपनत्व आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्नेछ ।’
फागु, होली, फागु पूर्णे आदि नामले पुकारिन्छ होली पर्वलाई । तेत्रा युगमा भगवान विष्णुका परमभक्त प्रह्लादसँग जोडेर पनि हेरिन्छ होलीलाई । हिरण्यकश्यपका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएको दिनका रुपमा होलि पर्व सुरु भएको इतिहास छ ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१