पोखरा, ३ चैत्र तमु धिं नेपालले प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएको छ । विप्लव माओवादी सहित असन्तुष्ट आदिवासी जनजाति, थारु, मधेशीका माग वार्ता मार्फत नै पुरा गर्नु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।
तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको नेतृत्वको टोलीले आइतवार कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर वुढा मार्फत प्रधानमन्त्री केपी शर्मालाई ज्ञापन पत्र बुझाएका हुन् ।
तमु ल्होछारमा सार्वजनिक विदा, सिंहप्रसाद तमुले बम विष्फोटमा परी जीवन गुमाउनु परेको, बैदेशिक रोजगार संघका अध्यक्ष रोहन तमुको घरमा बम बिष्फोट घटनाका दोषीलाई कारवाही, पवित्र बस्त्र खादाका बारेमा समाजमा द्धेष फैलाउन खोज्नेलाई कारवाहीको माग ज्ञापनपत्र उल्लेख छ ।
ज्ञापनपत्र ग्रहण गर्नुहुदै प्रजिअ बुढाले तमु धिं नेपालको मागपत्र तत्कालै गृहमन्त्रालय मार्फत प्रधानमन्त्रीलाई पठाउने आश्वासन दिएका थिए । साथै प्रजिअ वुढाले शान्ति स्थापनाका लागि तमु धिंको भुमिका महत्वपूर्ण रहदै आएको बताए ।
ज्ञापन पत्रमा “खुशी नेपाली,समृद्ध नेपाल” नारा लिएको खड्गप्रसाद शर्मा ओलीको नेतृत्वको सरकार गठनले वर्षदिन पुगिसक्दा पनि नेपाल र नेपाली जनताको समृद्धिको सपना पुरा गर्नुको सट्टा पुन मुलुकमा द्वन्द्वको कालो बादल मडारिएको छ।
सरकार दुइतिहाइबाट बुहमततर्फ झरेको छ। ओली सरकारले नेत्रबिक्रम चन्द्र विप्लव नेतृत्व नेकपा माओवादीलाई प्रतिबन्धित बनाएको छ भने विप्लव नेकपा माओवादीले दोश्रो जनयुद्ध समेत घोषणाले मुलुकमा शान्तिपुर्ण शान्ति खलबलिएको छ। हामी गोला बारुद्ध होइन, सबैको आत्मसम्मान हुने समृद्ध नेपाल चाहेका छौं, ज्ञापन पत्रमा उल्लेख छ ।
बहुजातिय, बहुसाँस्कृतिक, विविधताको मुलुक नेपालमा नेपाल सरकारले २०७६ सालको सार्वजनिक विदाको निर्णय प्रति हाम्रो ध्यानाकर्षण भएको छ। देशको ३१ प्रतिशत जनसंख्या रहेका जनसमुदायलाई आम नेपाली सम्झी सार्वजनिक १५ दिनको विदामा ११ दिन उनीहरुकै लागि र ३७ प्रतिशत आदिवासी जनजातिले प्राप्त गरेको ५ दिनको सार्वजनिक विदा कटौतीले विदामा समेत विभेद भएकोमा हाम्रो विरोध रहेको छ । १५ दिन सार्वजनिक विदा एवं सट्टा विदाको नाउमा तमु ल्होछार लगायतका आदिवासी जनजातिका पर्वहरुमा क्षेत्र र समुदाय विशेष गरी पर्वलाई संकुचिन गरिनु आपत्तिजनक छ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
तमु धिं नेपालकी अध्यक्ष कर्म तमुद्धारा हस्ताक्षरित ज्ञापन पत्रमार्फत धर्मनिरपेक्ष र सामाजिक सद्भावयुक्त देश नेपालमा केही समयदेखि पवित्र बस्त्र खादाकाबारे भ्रम फैलाउदै समाजमा द्धेष फैलाउन उद्धत रहने तत्वलाई कारबाही गर्न माग समेत गरिएको छ ।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०