प्रचण्ड पत्नीको उपचारका लागि अमेरिका जाने

Avatar एजेन्सी
चैत्र ३, २०७५

काठमाण्डौ, ३ चैत । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको उपचार गर्न आइतबार साँझ अमेरिका जाने भएका छन् ।

प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जाने बताइएको छ । उनीहरु साँझ पाँच बजे अमेरिका प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

दुई महिनाअघि पनि प्रचण्ड सीतालाई लगेर अमेरिका जाने तयारीमा थिए । तर भेनेजुएला प्रकरणमा नेकपाको तर्फबाट जारी गरिएको विज्ञप्तिले आलोचना पाएपछि प्रचण्डले अमेरिका जाने कार्यक्रम स्थगित गरेका थिए ।

त्यसको केही दिनपछि नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले प्रचण्डलाई भेटेर अमेरिका जान सहजीकरण गरिदिएका थिए ।सीता पार्किन्सन रोगले पीडित छिन् । छोरा प्रकाश दाहालको असामयीक निधनपछि उनलाई झन् रोगले च्यापेको छ ।

यसअघि सीताको उपचार भारत र सिंगापुरमा पनि गरिएको थियो । तर पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएको छोरी गंगाले बताइन् ।

Comments on प्रचण्ड पत्नीको उपचारका लागि अमेरिका जाने

हाम्रो सुझाव

हिउँ पन्छाउन नेताहरू बीच होड

२३ जना किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण

सबै परीक्षा केन्द्रमा सेनेटरी प्याड

अवैध रुपमा वस्ने विदेशीप्रति निगरानी वढाइने

प्रमुख समाचार

हिउँ पन्छाउन नेताहरू बीच होड

थप प्रमुख समाचार

हिउँ पन्छाउन नेताहरू बीच होड

सबै परीक्षा केन्द्रमा सेनेटरी प्याड