प्रदेशस्तरीय पुलिस स्कुल चितवनमा

rss रासस
चैत्र ३, २०७५
download

चितवन, ३ चैत । प्रदेश नं ३ स्तरीय नेपाल पुलिस स्कुल भरतपुरको शान्तिपुरमा आउँदो शैक्षिक सत्रबाट सञ्चालनमा ल्याइने भएको छ ।

नेपाल प्रहरीको कल्याणकारी कार्यक्रमले भरतपुर महानगरपालिका–१४ शान्तिपुरमा स्कुल सञ्चालन गर्न लागेको हो । स्कुलका समादेशक प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार विद्यालय सञ्चालनका लागि नेपाल प्रहरी र भरतपुर महानगरपालिका बीच सम्झौता भई सकेको छ ।

शान्तिपुरस्थित श्री आधारभूत विद्यालयमा स्कुल सञ्चालन गर्न लागिएको हो । शिशुदेखि कक्षा ५ सम्म सञ्चालनमा रहेको सो विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएर गाभ्न लागिएको थियो । स्कुल सञ्चालन गर्न लागेको विद्यालयमा ५९ जना विद्यार्थी अध्ययनरत छन् । ती विद्यार्थीलाई पुलिस स्कुलले कक्षा ५ सम्म निःशुल्क पढाउने भएको छ ।

सो स्कुलमा यसै साताबाट विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्न लागिएको अधिकारीले जानकारी दिए । प्रदेशस्तरीय पुलिस स्कुलमा हाल कक्षा ५ सम्म सञ्चालन गरिने छ । हरेक वर्ष कक्षा थप गर्दै कक्षा १२ सम्म पढाउने उद्देश्यका साथ स्कुल खोलिएको अधिकारीले जानकारी दिए ।

एउटा कक्षामा ३० जनाको दरले शुरुआत समयमा १५० जनालाई पढाइने उनले बताए। पठनपाठनका लागि प्रिन्सिपल नियुक्ति गरिसकिएको छ । प्रहरीको यो नवौँ स्कुल हो । पहिला विकास क्षेत्रअन्तर्गत रहेको यस स्कुल अहिले सङ्घीयतासँगै हरेक प्रदेशमा खोल्न लागिएको हो ।

प्रदेश नम्बर ३ को चितवन र प्रदेश नम्बर ६ को सुर्खेतमा प्रहरी स्कुल नयाँ सञ्चालन गर्ने योजनाअनुसार चितवनमा यस शैक्षिक सत्रबाट सञ्चालनमा ल्याइएको हो । यसअघि मध्यमाञ्चल विकास क्षेत्रको रौतहटमा पुलिस स्कुल सञ्चालन गरिएको थियो ।

सो ठाउँ हाल प्रदेश नम्बर २ मा परेपछि प्रदेश नम्बर ३ को चितवनमा स्कुल खोलिएको हो । स्कुलमा ६० प्रतिशत प्रहरी कर्मचारी र ४० प्रतिशत स्थानीय नागरिकका छोराछोरी भर्ना गरिने छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले प्रदेश नम्बर ३ को पुलिस स्कुल भरतपुरमा खोल्न गरिएको पहलअनुसार शुरु हुन लागेको बताउनुभयो । आधारभूत विद्यालयको जग्गा मध्येबाट २ बिघा क्षेत्रफल र कक्षा कोठा पुलिस स्कुललाई दिइएको उनले बताए ।

सो आधारभूत विद्यालयलाई हनुमाननगरमा रहेको विद्यालयमा गाभिने र अन्य सामग्री भने सोही विद्यालयमा पठाउने उनले बताए ।

महानगरसँग सम्बन्धित वडा र छिमेकका २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने, रु पाँच लाखको अक्षयकोष स्थापना गरी त्यस क्षेत्रका गरीब जेहेन्दार विद्यार्थीलाई अन्य स्कुलमा पढ्दा छात्रवृत्ति दिने सम्झौता भएको उनले बताए । दाहालले पुलिस स्कुल खुलेसँगै शिक्षा, विकास, रोजगार, उत्पादनको खपत लगायतमा सहयोग पुग्ने बताए ।

Related News

सम्बन्धित समाचार

    • बुढ्यौलीमा फर्कियो आँखाकाे ज्योति

      Avatar आदर्श समाज सम्वाददाता फागुन १४, २०७७
      दमौली । व्यास ४ की आशमाया श्रेष्ठले ३ वर्षदेखि दायाँ आँखाले देखिनन् । एउटा आँखाले मात्र काम गर्न ८० वर्षीया उनलाई…
    • उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार

      Avatar आदर्श समाज सम्वाददाता फागुन १४, २०७७
      पोखरा । तनहुँ रत्न पुरस्कारबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापा सम्मानित भएका छन् । तनहुँ सम्पर्क समाज पोखराको…
    • फेवातालको क्षेत्रफल ११२५५ रोपनी

      Avatar आदर्श समाज सम्वाददाता फागुन १३, २०७७
      पोखरा । नेपाल सरकारको मन्त्री परिषद् बैठकको निर्णय सँगै फेवातालको क्षेत्रफल बढ्ने भएको छ । हाल साढे ४ वर्ग किलोमिटर…
    • ग्रामीण क्षेत्रमा सडक कालोपत्रे   

      rss रासस फागुन १३, २०७७
      म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थालेका छन् । विसं २०५२ मा सडक सञ्जालमा…
    • नेपाल–भारत मैत्री संघको साधारण सभा

      Avatar आदर्श समाज सम्वाददाता फागुन १२, २०७७
      पोखरा, १२ फागुन । नेपाल–भारत मैत्री संघ कास्की शाखाको पाँचौं साधारण सभा भएको छ । संस्थाका अध्यक्ष जगनबहादुर गुरुङको अध्यक्षतामा…

    hero news full width

    sanil ads

    wordlink ads