गोरखा, २ चैत । गण्डकी गाउँपालिकाले सबै नागरिकमा स्वास्थ्यको पहुँच पु¥याउन १० सामुदायिक स्वास्थ्य एकाइको स्थापना गरेको छ ।
गाउँपालिकाभित्र सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गर्न नसक्ने अवस्थामा रहेका नागरिकलाई लक्षित गरी एकाइको स्थापना गरिएकोे गाउँपालिकाका उपाध्यक्ष ललिता अधिकारीले जानकारी दिइन् ।
गाउँपालिकाभित्र भौगोलिक रुपमा दुर्गम, विपन्न समुदायको बसोबास रहेका क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच नपुगेकाले त्यस्ता ठाउँ र समुदायलाई लक्षित गरी एकाइ सञ्चालनमा ल्याइएको उनले बताए । उनका अनुसार कतिपय क्षेत्रमा भवनको अभाव समेत भएकाले विद्यालयसँग आग्रह गरी एउटामात्र कोठा मागेर भए पनि एकाइ शुरु गरिएको छ ।
गाउँपालिका–१ को कोलगाउँ, २ को कुवापानी र भलडाँडा, वडा नम्बर ३ को फुजेलको भालडाँडा, वडा नम्बर ४ को गैरीचौतारा, वडा नम्बर ५ को ठूलो दुर्वङ र सानो दुर्वङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको उनले जानकारी दिए ।
त्यस्तै वडा नम्बर ६ को आइडाँडा र बालकी, वडा नम्बर ७ को प्रजावस्ती, वडा नम्बर ८ को बेनीगाउँमा पनि एकाइको स्थापना भएको उपाध्यक्ष अधिकारीले बताए । ती स्वास्थ्य एकाइमा तत्कालका लागि स्वास्थ्य प्राविधिक अहेव, अनमी, स्टाफ नर्स वा स्वास्थ्य सहायकमध्ये एकको दरबन्दी रहने व्यवस्था रहेको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
यसरी शुरु हुँदै छ संसद
नेपालगंजमा पोखरा प्रबद्र्धन अभियान
फेदीखोलामा मजदुरलाई परिचयपत्र
कावासोती र सहरी विकासबीच सम्झौता
सडक बालबालिकाको अवस्था बुझ्दै मन्त्री महतो
hero news full width
मुख्य समाचार
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७