स्याङ्जामा जिप दुर्घटना ४ घाइते

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १, २०७५

पोखरा, १ चैत । स्याङ्जाको गल्याङ नगरपालिका–११ को बज्रे स्थित भित्री सडक खण्डमा शुक्रवार जिप दुर्घटना हुदा चार जना घाइते भएका छन् ।

साङलियावाट गल्याङतर्फ यात्रु लिएर आउदै गरेको लु.१ ज. १२०२ नं को जिप सडकवाट ५० मीटर तल खस्दा चालक सहित चार जना घाइते भएका हुन् । जिप दुर्घटनामा परी घाइते हुनेमा गल्याङ नगरपालिका–११ निवासी २३ बर्षीय तेजु सिंजाली, महेश सिंजाली, २१ बर्षीया हीरा सिंजाली र ५३ बर्षीय नरि सिंचाली छन् ।

दुर्घटनामा घाइते भएकालाई उपचारका लागि गल्याङ अस्पताल लगिएको जानकारी स्याङ्जा प्रहरीले जानकारी दिएको छ । दुर्घटनाग्रस्त जिप रुखमा अड्किएको थियो ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

विद्यार्थीलाई झोला र स्टेशनरी प्रदान

बैंकद्वारा जेष्ठ नागरिकलाई कुर्ची हस्तान्तरण

रक्तदान कार्यक्रम ४१ युनीट रगत संकलन

पोखरा २८ मा कनेक्टिङ सडकको काम धमाधम

प्रमुख समाचार

डाँकालाई गोली हानी प्रहरीले लियो नियन्त्रणमा