पोखरा, ३० फागुन। रुपा गाउँपालिकाका सम्पूर्ण विद्यालय प्रधानाध्यापकको नमूना विद्यालय अवलोकन भ्रमण सम्पन्न भएको छ।
गाउँपालिकाभित्र सञ्चालित ३२ ओटा आधारभूत तथा माध्यमिक सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँगै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र वडाध्यक्षहरुलाई तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयको भ्रमण गराइएको हो।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख भोजराज न्यौपानेले गाउँको विकास गर्ने हो भने सर्वप्रथम शिक्षा र स्वास्थ्यको विकास गर्नुपर्ने निष्कर्षसहित गाउँपालिकाले अभियान अघि बढाएको जानकारी दिए। गाउँपालिकाभित्रका विद्यालयको चौतर्फी विकासका लागि अन्य नमूना विद्यालयबाट केही सिक्ने अवसर प्रदान गर्ने उद्देश्यले अवलोकन भ्रमण आयोजना गरिएको न्यौपानेले बताए।
सिकेका सकारात्मक कुरा आफ्ना विद्यालयमा लगेर कार्यान्वयन गर्नसमेत प्रधानाध्यापक र अध्यक्षहरुलाई उनले आग्रह गरे। भ्रमणमा सहभागीहरुको जिज्ञासाको जवाफ दिँदै सत्यवती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारीले सामुदायिक विद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने हो भने धेरै समस्याको समाधान हुने जिकिर गरे।
अधिकारीले सामुदायिक विद्यालयको विकासका लागि समुदायको सहयोग, प्रधानाध्यापकको कार्यकुशलता, स्टाफको सकारात्मक समन्वय र व्यवस्थापन समितिको उचित निगरानी आवश्यक पर्ने अनुभव सुनाए। सत्यवतीको उन्नति हुनुमा अभिभावकको सकारात्मक साथ नै प्रमुख कडीका रुपमा रहेको उनको भनाइ थियो।
विद्यालयको शैक्षिक तथा भौतिक वातावरण अवलोकनसहित आयोजना गरिएको अन्तक्र्रियामा विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले २७ सयभन्दा बढी विद्यार्थी रहेको विद्यालयमा सरकारी दरबन्दीबाहेक ४९ जना निजी शिक्षक रहेको जानकारी दिए।
अभिभावकको सहयोगबाट विद्यालयले चौतर्फी विकासमा सहजता महसुस गरेको भनाइ पौडेलले राखे। कार्यक्रममा रुपा गाउँपालिका वडा ३ का वडा अध्यक्ष रामजी अधिकारी, रामकोट स्रोतकेन्द्रका पूर्व स्रोत व्यक्ति हेमराज आचार्य, शिवालय माविका प्रअ रुपिन्द्र प्रभावी, रामकोट माविका विव्यस अध्यक्ष निर्मला सुवेदी, नवीनबाबु पौडेल, राजेन्द्र भट्टराईलगायतले जिज्ञासा राखेका थिए।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१