पोखरा, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको मेची–महाकाली स्वाभिमानको यात्रा मंगलबार पोखरा आइपुगेको छ ।
फागुनको १५ गते पूर्र्वको ताप्लेजुङ जिल्लाको पाथीभरा मन्दिरबाट शुरु गरेको यात्रा पश्चिम महाकालीको कञ्चनपुर पुगेर पोखरा आई पुगेको हो ।
स्वाभिमानको यात्रा पोखरा आइपुग्दा राप्रपा जिल्ला समिति कास्कीले आसभाको आयोजना ग¥यो । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष कमल थापाले राष्ट्रिय एकताको रुपमा देशलाई विश्वमा चिनाउन स्वाभिमान यात्रा थालिएको बताए । यात्राले गाउँघर ब्युँझने र जनताहरु जागरुक हुने थापाले विश्वास व्यक्त गरे ।
उनले हिन्दू राष्ट्र कायम गर्न र लोकतन्त्रसहितको राजसंस्था स्थापना गर्न स्वाभिमानको यात्रा शुरु भएको जनाए । उनले विदेशीहरुको दवावमा परेर राजनीतिक दलका नेतृत्वले हिन्दू धर्मको वेवास्ता र राजसंस्थालाई विस्थापित गरेको आरोप लगाए ।
उनले १२ वर्षे राजनीतिक अभ्यासमा राष्ट्रिय विखण्डन, गरिवी र बेरोजगारी समस्या, लोकतन्त्रको नाममा लुटतन्त्र, धर्म र संस्कृतिमाथि प्रहार, सर्वसत्तावादी सोंच र पुनः माओवादी शक्तिको उदय गराएको उल्लेख गरे ।
राप्रपाले मध्यमार्गी विकल्पलाई अघि सारेको उनको भनाई थियो ।
‘माओवादीलाई शान्तिको मूलधारमा ल्याउने वहानामा मुलुकबाट राजसंस्था र हिन्दू राष्ट्र खोसिएको छ,’ उनले भने, ‘देश हिन्दू राष्ट्र बन्नुपर्छ । राजसंस्थालाई कायम राख्नुपर्छ ।’
पार्र्टीका नेता बुद्धिमान तामाङले राजसंस्थासहितको लोकतन्त्र, धर्म, परम्परा, राष्ट्रिय पहिचान र एकताका लागि सरकारलाई दवाव दिन स्वाभिमानको यात्रा शुरु गरेको बताए । यात्रामा प्राप्त माया र सद्भावले राप्रपाको एजेण्डालाई स्थापित गर्न मद्दत पुग्ने तामाङको भनाई थियो ।
‘स्वाभिमान कुनै दल विशेष र धर्मको विरोधमा होइन,’ उनले भने, पार्टीले उठाएको एजेण्डालाई स्थापना गर्नका लागि हो । धर्म निरपेक्ष होइन, सापेक्ष बन्नुपर्छ । देशमा सापेक्ष हिन्दू राष्ट्र कायम हुनुपर्छ । धर्म निरपेक्षताले द्धन्द्ध निम्त्याउँछ ।’
अर्का नेता राजेन्द्र लिङ्देनले राष्ट्रिय पहिचानलाई राज्यले बचाउनुपर्नेमा जोड दिए । राप्रपाले देश बनाउने र देश बचाउने एजेण्डा लिएर अभियानमा हिँडेको बताए । उनले देशबाट हिन्दू राष्ट्रलाई जोगाई राख्ने पार्टी राप्रपामात्र भएको दावी गरे । आउने चुनावमा राप्रपालाई बलियो बहुमत दिनुपर्ने लिङ्देनको आग्रह थियो ।
Related News
सम्बन्धित समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
१७ वर्षे बालकले बस चोरेर चलाउँदा
‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
माधव नेपालले दिए छानबिनको चुनौती
मंसिर २३, २०८०यसरी रित्तियो बक्राङ
मंसिर २३, २०८०ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
मंसिर २२, २०८०पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०