पोखरा, २८ फागुन । मोदीवेणीधामबाट शालिग्राम शिला चोरी गर्ने तीन जना पक्राउ परेका छन्। फागुन ५ गते राति कुश्मा नगरपालिका–५ मोदीवेणीधाममा रहेको नृसिंह मन्दिरबाट शालीग्राम शीला चोरीमा संलग्न चार जनामध्ये तीन जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा कुश्मा नगरपालिका–४ का २८ वर्षीय कसम पुन, वडा नं ६ का २९ वर्षीय सुमन गुरुङ र वडा नं १० का ३२ वर्षीय लेखबहादुर नेपाली रहेका छन्।
चोरीका मुख्य योजनाकार धादिङ, निलकण्ठ–१० घर भई हाल कुश्मा नगरपालिका–५ बस्ने अञ्जान बराईली फरार रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । प्रहरीले गत फागुन २६ गते पुनको कोठामा लुकाइराखेको अवस्थामा एक थान शालीग्राम शीला बरामद गरेको थियो।
पुनकै बयानका आधारमा प्रहरीले अन्य दुई जनालाई पक्राउ गरेको हो। प्रहरीले कुश्मा नगरपालिका–४ कालीगण्डकी छमर्के सामुदायिक बनमा ३७ थान शालीग्राम शीला लुकाएको अवस्थामा बरामद गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Related News
सम्बन्धित समाचार
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
आलु खेतीमा कास्कीको फड्को
नेपालमा पहिलो पल्ट समलिंगी विवाह
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
मंसिर १४, २०८०हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०