बिरामीको उपचारमा युवा बौद्ध संघको सहयोग

एजेन्सी
फागुन २७, २०७५

पोखरा, २६ फागुन। युवा बौद्ध संघ धर्मशीला बुद्ध बिहार नदिपुर पोखराको आयोजनामा शनिबार बहादुरे माध्यामिक विद्यालय भदौरे देउरालीमा निःशुल्क आखाँ शिविर सम्पन्न भएको छ।

प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुवँरले अन्य संस्थाहरुले पनि यस्ता प्रकृतिका शिविरहरु आयोजना गर्ने गरेको भए पनि युवा बौद्ध संघले गरेको निःशुल्क शिविरमा विरामीको सहभागीको उल्लेख्य रहेको बताए।

हिमालयन आखाँ अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोग सम्पन्न उक्त निःशुल्क आखाँ शिविरमा २५२ जनाले आखाँ परिक्षण गरेका थिए।  ती मध्य १७ जनामा मोतिया विन्दु भेटिएकेा निःशुल्क आखाँ शिविरका संयोजक आनन्द बज्राचार्यले बताए।

मोतिया विन्दु भएको १७ जनाको थप उपचारको लागि पोखराको हिमालयन आखाँ अस्पतालमा रिफर गरिएको छ। थप उपचारमा आवश्यक पर्ने सबै विमारीको अप्ररेशन शु्ल्क  र अन्य खर्च संघले नै सहयोग गर्ने संयोजक बज्राचार्यले बताए।

संघका अध्यक्ष सुदीप प्रधानांगको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा भन्ते धम्मरत्नले पञ्चशील प्रदान गरेका थियो। कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं ४ का अध्यक्ष भरत के.सी,हिमालयन आखाँ अस्पतालका डा.सुभाष नेपाल, बहादुरे माध्यामिक विद्यालयका प्रमुख राम प्रसाद पौडेल लगायतले मन्तव्य राखेको थियो।

Related News

सम्बन्धित समाचार

  • तालचोक बजार व्यवस्थापन समितिमा सुजन

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०७९
    लेखनाथ । तालचोक बजार व्यवस्थापन समितिको अध्यक्ष सुजन न्यौपाने निर्वाचित भएका छन् । समितिको तेस्रो अधिवेशनबाट सर्वसम्मत कार्यसमिति चयन गरेको…
  • राधाकृष्ण मन्दिर शान्ति आश्रमको अधिवेशन

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०७९
    पोखरा । पोखरा ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको छैटौं अधिवेशन तथा साधारणसभा एक कार्यक्रमबीच सम्पन्न भएको छ । छैटौं…
  • इन्जिनियरिङ क्याम्पसमा पुनर्मिलन

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०७९
    पोखरा । इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस, लामाचौरमा शनिबार पूर्व विद्यार्थीरूसँग पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । पश्चिमाञ्चल क्याम्पसको ३५…
  • कर्मचारी युनियन हिमालय आँखा अस्पतालमा प्रेमकुमार

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०७९
    पोखरा । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखरा अध्यक्षमा प्रेमकुमार नकर्मी निर्वाचित भएका छन् । युनियनको शनिबार…
  • अम्बिका माविमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०७९
    पोखरा । जनहितैषी फाउन्डेसन, नेपाली चिल्डे«न तथा हिमालय परियोजनाले संयुक्त रुपमा सुइँखेतस्थित अम्बिका माविमा सहयोग गरेका छन् । ती संस्थाले…

hero news full width