पोखरा, २५ फागुन । अन्तराष्ट्रिय महिला दिवस अवसरमा जडिबुटी पहिचान, उपचार, रोजगार व्यवसाय तथा उद्योगविषयक प्रशिक्षण एवं शुभकामना आदानप्रदान कार्यक्रम भएको छ।
गोल्डेन बचत तथा क्रृण सहकारी संस्था लि.को आयोजना तथा महिला उपसमितिको संयोजनमा भएको सो कार्यक्रममा प्रशिक्षक अधिवक्ता महेन्द्रमान व्यथितले घरआँगनका जडीवुटी र त्यसको महत्व चिन्न सक्नुपर्ने बताए । पछिल्लो समय नेपालीले आहारविहारमा ध्यान नदिँदा नयाँ–नयाँ रोगको शिकार बन्नुपरेको उनको भनाइ थियो। साथै घरेलु जडीवुटी प्रयोग र यसलाई व्यावसायिक रुपमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे पनि जानकारी दिए।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद पुष्पा केसी भण्डारीले प्रदेशमा पुरुषको तुलनामा महिला बढी भएकाले अब ३३ प्रतिशतमात्र नभई हरेक क्षेत्रमा ५० प्रतिशतको सहभागिता हुनुपर्नेमा जोड दिइन्। अब महिलाहरु परम्परावादी सोचबाट माथि उठेर प्रविधिको प्रयोगतर्फ लाग्नुपर्ने उनको भनाइ थियो ।
आयोजक संस्थाका महिला समिति संयोजक तारा शर्माले तालिमबारे प्रकाश पार्दै महिलाको आयआर्जनका लागि पनि तालिमसिद्ध हुने विश्वास व्यक्त गरिन्। कार्यक्रम संयोजक समेत रहेकी शर्माले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न सके उपयोगी हुने बताइन्। कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष विन्दु कोइराला सुवेदी, आयोजक संस्थाका अध्यक्ष विष्णुप्रसाद बराल, सचिव कृष्णप्रसाद पोखरेल, सदस्य सीता लामिछाने, सदस्य कमला भुजेल, लगायतले महिला दिवस अवसरमा शुभकामना मन्तव्य राखेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
एनटिभिएको शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१