दमौली, २५ फागुन । तनहुँका ३० सामुदायिक घरबास व्यवस्थापन समितिले अनुदानका लागि डिभिजन वन कार्यालयसँग सम्झौता गरेका छन् ।
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालनमा रहेका घरबासमा पर्यटन पूर्वाधारका लागि अनुदान दिन आह्वान गरेकोमा छनोट भएका ३३ मध्ये ३० ले कार्यालयसँग सम्झौता गरेका हुन् ।
कार्यालयका निमित्त डिभिजन वन अधिकृत बाबुराम उप्रेतीले अनुदानका लागि बाँकी रहेका घरबास व्यवस्थापन समितिलाई समेत सम्झौता गर्न आउन पत्राचार गरिएको जानकारी दिए । उनका अनुसार “अहिलेसम्म ३० घरबासका प्रतिनिधिले कार्यालयमा आएर सम्झौता गरेका छन् । बाँकीलाई समेत सम्झौता गर्न आउन पत्राचार गरिसकिएको छ ।”
सम्झौतापछि पहिलो किस्ताका रुपमा ४० प्रतिशत अर्थात चार लाख समितिको खातामा हाल्ने व्यवस्था कार्यविधिमा रहेको उल्लेख छ, सरकारले घरबास सञ्चालन गर्न अनुदान दिने १० लाखको १० प्रतिशत अर्थात एक लाख सम्बन्धित गाउँपालिका वा घरबास व्यवस्थापन समितिले अनिवार्य साझेदारी गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ । तनहुँका ४३ घरबासले अनुदानका लागि प्रस्ताव पेश गरेकोमा ३३ छनोट भएका छन् ।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०