ओमसुस ट्राभल्सद्वारा विद्यार्थीलाई सहयोग

आदर्श समाज सम्वाददाता
फागुन २४, २०७५
Omsus_Fotor

पोखरा, २३ फागुन। ओमशुस टुर्श एण्ड ट्राभल्सले आनन्दज्योति मावि पोखरामा अध्यनरत विद्यार्थीलाई सहयोग गरेको छ।

ट्राभल्स सञ्चालक ओमप्रकाश सिग्देल र प्रबन्ध निर्देशक सुशीला सिग्देलले विद्यालयको ४६औं वार्षिकोत्सव अवसरमा सो सहयोग गरेका हुन्।

ट्राभल्स प्रबन्ध निर्देशक सुशीला सिग्देल विद्यालयका पूर्व विद्यार्थी पनि हुन्। अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक सामग्री र खेलकुद सामग्री सहयोग गरेका हुन्।

आफूले शिक्षा हासिल गरेको विद्यालयमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको उनले बताइन्। आफूलाई पढाउने शिक्षक टीकाराम पाण्डे र पूर्व प्रधानाध्यापक फणिन्द्रमोहन अधिकारीलाइ सिग्देलले दोसल्ला ओढाएर सम्मानसमेत गरेकी छन्। कार्यक्रममा विद्यालयमा अध्यनरत शिक्षक, विद्यार्थी, अभिभावक, हिमालय फन्र्ट प्याराग्लाइडिङका सञ्चालक उषा रावत लगायत सहभागी थिए।

Related News

सम्बन्धित समाचार

  • निर्माण व्यवसायी समितिमा शिव

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८०
    पोखरा, १५ मंसिर । निर्माण व्यवसायी समितिमा शिवबहादुर खड्का अध्यक्ष चुनिएका छन् । समितिको २६ औं साधारण सभा तथा १३…
  • पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । पोखरा बहुमुखी बहुमुखी क्याम्पसले बिहीबार ३७ औं वार्षिकोत्सव मनाएको छ । समारोह उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोग प्रमुख…
  • पोखरा आदर्शमा वार्षिक खेलकुद

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । गण्डकी एकेडमी फाउन्डेसन प्रा।लिका…
  • निशुल्क रक्त परीक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । विश्व मधुमेह दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले बुधबार सचेतना कार्यक्रम तथा निशुल्क रक्त परीक्षण…
  • स्रष्टा सम्मान तथा साक्षात्कार

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । संघर्षमा कलम पोखराले भारतको सिलगढीबाट आएका स्रष्टासँगको साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले असमका वरिष्ठ…

hero news full width