बुटवल २२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष कमल थापाले लोकतन्त्रको नाममा लुटतन्त्र चलेको बताएका छन् । उनले केही कर्मचारी, केही व्यापारी र केही ठूला नेता मिलेर ब्रम्हलुट गरेको आरोप लगाएका छन् । थापाले देश ब्रम्हलुटमा परेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
एनसेलको कर छलीको काण्ड, ३८ क्वीन्टल सुन तस्करी, बाइडबडी हवाइजहाज खरीद प्रकरणमा घोटला जस्ता कारणले देशमा लुटतन्त्र चलेको प्रष्ट भएको उनले बताए । नेपालमा धेरै राजनीतिक परिवर्तन भए पनि देशलाई टुक्रयाउने कुरा अहिले सम्म उठेको थिएन, १२ वर्षको गलत अभ्यासका कारण देश टुक्रयाउन पर्छ भनेर एउटा समुह देखियो, उनले भने ।
राप्रपाले फागुन १५ देखि ताप्लेजुङबाट सुरु भएको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा बुधबार रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै थापाले भने, देश टुक्रयाउने आवाज उठाउने र मधेशलाई स्वतन्त्र बनाउनुपर्छ भनेर नारा लगाउने समुहको गतिविधिलाई राज्य संयन्त्र र प्रशासनले मौन भएर बस्दा प्रत्येक राष्ट्रवादी नेपाली जनता चिन्तित भएका छन् ।
समयमै विखण्डकारी तत्वलाई निष्तेज नगर्ने हो भने राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने उनको भनाइ छ ।
मधेशका जनतामा प्रवल राष्ट्रवादी भावना छ, सिमा नाकामा बसेका कारण मधेशी जनताले सिमा रक्षा गर्ने क्रममा समस्या भोग्नुपरेको छ, तराई मधेशमा बस्ने नेपाली जनताहरुमा विना वर्दीका सेना भएको उनले बताए । हिन्दु राष्ट्रको पहिचानको समाप्ती र राजतन्त्रलाई पाखा लगाइए पनि जनताले परिवर्तनको अनुभुति गर्न नपाएको पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले भने, बेरोजगारी समस्या विकराल रुपमा अगाडी बढेको छ, मुलुकबाट ४० लाख युवाहरु मलेसियाको जंगल र अरबको मरुभुमिमा रगत र पसिना बगाउन बाध्य भएका छन् ।
मुलुकको आम्दानीको ४० प्रतिशत नेपालबाट विदेश गएका युवाहरुको रगत पसिनबाट आएको भन्दै थापाले युवाहरुलाई आन्दोलन गर्न उकास्उने व्यक्तिहरु रातारात अरबपति भएको बताए ।
कार्यक्रममा राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराले सबै धर्मको सम्मान सहित हिन्दु राष्ट्रको पुर्नस्थापना हुनुपर्ने बताए । उनले सडकबाट दबाब सिर्जना गर्न सके राप्रपाले उठाएको माग पुरा हुने बताए । बोहराले पैसाको बलमा गाउँगाउँमा धर्म परिवर्तन गर्ने काम भइरहेको बताए ।
राप्रपाका नेता तथा पूर्वमन्त्री बुद्धिमान तामाङले ८१ प्रतिशत बढी हिन्दु भएको मुलुक नेपाललाई हिन्दु राष्ट्र घोषणा पुर्नस्थापना गर्नुपर्ने माग गरे ।
पार्टीका महामन्त्री तथा सांसद राजेन्द्र लिङदेन, पूर्वमन्त्री निरञ्जन थापा, केन्द्रीय सदस्य विन्दु पहाडी, ताहिर अली लगायतले बोल्दै पार्टीले बोकेको एजेण्डा पुरा गराउन सम्पूर्ण राष्ट्रवादी शक्ति एक हुनुपर्ने बताए । राप्रपा रुपन्देहीका कार्यवाहक अध्यक्ष तथा आमसभा कार्यक्रमका संयोजक अजय कुमार गुप्ताको अध्यक्षता, जिल्ला प्रवक्ता रवि कुमार रौनियारको स्वागत तथा केन्द्रीय प्रवक्ता प्रदिप उदयको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Related News
सम्बन्धित समाचार
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
आलु खेतीमा कास्कीको फड्को
नेपालमा पहिलो पल्ट समलिंगी विवाह
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
hero news full width
मुख्य समाचार
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
मंसिर १४, २०८०हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
मंसिर १३, २०८०