पोखरा, २२ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको समृद्धिका लागि उत्पादनसँग जोडिनु आवश्यक रहेको बताएका छन् ।
मदन भण्डारी फाउण्डेशन जिल्ला कार्यसमिति कास्कीद्वारा पोखरामा आयोजित ‘गण्डकी प्रदेशको समृद्धिका आधार’ विषयको प्राज्ञिक बहसमा उनले उत्पादन बिनाको विकास असम्भव रहेको बताए ।
मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशको समृद्धिका लागि उत्तर दक्षिण जोड्ने गरी सडक विकास गर्नु अपरिहार्य भएकामा जोड दिए । उनले त्यसतर्पm सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । नीतिनिर्माणमा सरकार लागिरहेको बताउँदै मुख्यमन्त्री गुरुङले सङ्घ सरकारबाट आवश्यक कानून अझै बन्न नसक्दा प्रदेश सरकारले अपेक्षित गति हासिल गर्न नसकेको बताए ।
विकासका लागि सुशासन पहिलो सर्त भएको औँल्याउँदै उहाँले सुशासनसँगै उद्यमशीलता बढाउँदै अघि बढ्नुको विकल्प नभएको बताए । विभिन्न क्षेत्रका विज्ञ समूहसँग छलफल गरी प्रदेश समृद्धिको आधार तयार गरिने उहाँले जानकारी दिए ।
गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्माले गण्डकी प्रदेशको समृद्धिका आधार’ विषयको कार्यपत्र प्रस्तुत गर्दै प्रदेश जलस्रोतमा सम्पन्न भएको बताए । उनले समग्र प्रदेशबाट १२ हजार मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने स्पष्ट पहिचान भइसकेको बताए ।
प्रदेशमा हाल ४४८ मेगावाट उत्पादन भएको जानकारी दिँदै उहाँले सञ्चालनमा रहेका २९ वटा आयोजनाबाट थप ६५४ मेगावाट विद्युत् उत्पादन हुने तयारीमा रहेको बताए । प्रदेशमा उत्पादन भएको विद्युत् खपतका लागि एलपी ग्यास विस्थापित गरी विद्युतीय सामग्री उत्पादनमा जोड दिनुपर्ने बताउँदै उपाध्यक्ष शर्माले विद्युतीय ऊर्जा उपभोक्ताका लागि ग्यासभन्दा १० प्रतिशत सस्तो पर्ने तथ्यांक रहेको उल्लेख गरे ।
गण्डकी प्रदेशमा औद्योगिकीकरण न्यून रहेको बताउँदै उनले यसको विकास एवम् कृषि जन्य उत्पादनलाई बढाउनुपर्ने आवश्यकता औँल्याए । शिक्षालाई उत्पादन र बजारसँग जोडिनुपर्ने आवश्यकता औँल्याए ।
उनले प्रस्तुत गरेको कार्यपत्रमा ग्रामीण क्षेत्र उत्पादन र शहर उत्पादित वस्तु बिक्री गर्ने थलोका रुपमा विकास गर्न सके मात्र समृद्धिको आधार बन्ने उल्लेख छ ।
कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, डा गेहेन्द्रेश्वर कोइराला, डा अर्जुन बास्तोला, डा यादव गौडेल, डा विनायक भद्रा, डा चन्द्रा भद्रालगायतले प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै गण्डकी प्रदेश पर्याप्त सम्भावना भएको चर्चा गरे । यी सम्भावनालाई उजागर गर्न सके मुलुकका सात वटा प्रदेशमध्ये उत्कृष्ट प्रदेश बन्ने टिप्पणीकर्ताहरुले दाबी गरे ।
फाउण्डेशन कास्कीका अध्यक्ष माधव बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमामा उपाध्यक्ष हीरा गिरीले संस्थाले सरकारको सुखी नेपाली समृद्ध नेपाल अभियानलाई सफल पार्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
नेपालमा पहिलो पल्ट समलिंगी विवाह
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
लम्पी स्किनबाट पीडित किसानलाई राहत
बुद्ध एयरको जहाज ‘ओभरसुट’
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
hero news full width
मुख्य समाचार
राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
मंसिर १३, २०८०फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०