पोखरा, १८ फागुन । नेपाल प्रेस युनियन कास्कीको नवौं अधिवेशनबाट निर्वाचित नयाँ कार्य समिति, केन्द्रीय पार्षद र प्रदेश पार्षदको शनिवार पदस्थापना गरिएको छ ।
निर्वाचन समितिले पोखरामा शनिवार आयोजना गरेको कार्यक्रममा नेता शुक्रराज शर्मा, कास्की काँग्रेसका सभापति कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापा, नेपाल ट्रेड युनियन काँग्रेसका पूर्व बरिष्ठ उपाध्यक्ष रामजी कुँवर, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल र निर्वाचन समितिका संयोजक अधिवत्ता विष्णुप्रसाद शर्माले पदस्थापना गराएका थिए ।
एक हप्ता अघि सम्पन्न अधिवेशनबाट अध्यक्षमा नवीन सिग्देल, उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, महिला उपाध्यक्ष रवीना आले, सचिवमा प्रदीप पौडेल, कोषाध्यक्षमा विजय लम्साल, सहसचिवमा ज्योति हमाल लगायत निर्वाचित भएका थिए ।
त्यस्तै, सदस्यहरुमा कमल पौडेल, सन्तोष बस्याल, ठगराज शर्मा (विराज), सन्तोष सुवेदी, हरि पन्त, धनबहादुर गुरुङ (सुमन), मधु अधिकारी, सम्राट गुरुङ, सुवाष पौडेल, अनीषा श्रेष्ठ (जयन्ती), सुवाष आचार्य, महेन्द्र ढुङ्गाना, सपना अधिकारी, भावना श्रेष्ठ, विजय नेपाली छन्।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले लोकतन्त्रमा सवै समेटिन सक्ने भन्दै लोकतन्त्रको पक्षमा कलम चलाउन आग्रह गरे ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले पत्रकारहरुसँग सहकार्य गर्न तयार रहेको बताउँदै निर्धक्क भएर अघि बढ्न आग्रह गरे ।पूर्वमन्त्री यज्ञबहादुर थापाले लोकतन्त्रवादीको पहिचान उसको असल कर्म हुनु पर्नेमा जोड दिए ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पत्रकारलाई समाजले हेरेको हुदा मर्यादित बन्नु पर्नेमा जोड दिए । नेपाल प्रेस युनियन कास्कीका नवनिर्वाचित अध्यक्ष नवीन सिग्देलले संस्थामा कसैमाथि अन्याय हुन नदिने बताउँदै संस्थागत विकासमा जुट्ने प्रतिवद्वता व्यक्त गरे । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष बिमला भण्डारी र नेपाल प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष शिरोमणि बरालले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१