मन्त्री अधिकारीसहित सातै जनाको शव त्रिभुवन विमानस्थलमा

मन्त्री अधिकारीसहित सातै जनाको शव त्रिभुवन विमानस्थलमा

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७५
Rss_Images_1551345278885_ROS_KTM_02282019_IMG_1470

बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्रीसहित सात जनाको शव परीक्षणका लागि बिहीबार त्रिवि शिक्षण अस्पताल काठमाडौँमा । तस्वीरः रोशन सापकोटा, रासस

काठमाडौँ, १६ फागुन । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइएको छ ।

विहीबार मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट विहीबार अपराह्न १ बजेर २५ मिनेटमा ती शव त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ल्याइएको हो । शव छुट्टाछुट्टै शववाहनमा राखेर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिने भएको छ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width