चौरासी पूजाको दान रकम विद्यालयलाई

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७५
1436966000-32-inaruwa-english-boarding-school


लेखनाथ, १४ फागुन । पोखरा— ३२ निवासी लक्ष्मी वास्तोलाले आफ्नो चौरासी पूजावाट प्राप्त दान दक्षिण स्वरुप प्राप्त रकम विद्यालयलाई प्रदान गरेकी छन् ।

दान रकम पोखरा— ३२ मा रहेको ब्रह्मरुपा माध्यमिक विद्यालयमा विद्यालयको भौतिक एव्म शैक्षिक उन्नतिमा प्रदान गरेकी हुन् । उनले उक्त रकम पूर्णराम इन्द्र वास्तोला स्मृति छात्रवृत्ति प्रदान गर्न उक्त रकम हस्तान्तरण गरेकी हुन् ।

लक्ष्मीले दान स्वरुप प्राप्त एक लाख एक हजार एक सय ११ रुपैयाँ विद्यालयलाई प्रदान गरेकी हुन् । उक्त रकमको व्याजवाट प्रत्येक बर्ष विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।

पति स्व.पुर्णवहादुर वास्तोलाको स्मृतिमा लक्ष्मी वास्तोला र छोरा बुद्धिवहादुर वास्तोलाले उक्त रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष उत्तम वस्नेत र प्रअ दुर्गालाल पण्डितलाई मंगलवार हस्तान्तरण गरेकी हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width