शिवशक्तिका आठ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

आदर्श समाज संवाददाता
फागुन १३, २०७५
IMG_20190224_204043 – Copy


पोखरा, १३ फागुन । पोखरा—११ फूलबारी स्थित शिवशक्ति माविमा अध्ययनरत आठ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

पोखरा—१२ स्थित शितलादेवी फाउण्डेशनले सामाजिक कार्य गर्ने उदेश्यले आर्थिक अवस्था कमजोर तथा गरिव विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरेको हो ।

फाउण्डेशनका अध्यक्ष गायत्री वास्तोलाले आठ जना विद्यार्थीलाई एक बर्षका लागि अध्ययन गर्न पुग्ने खर्च प्रदान गर्ने जानकारी दिइन । छात्रवृत्तिलाई निरन्तरता दिने क्रममा एक बर्षपछि विद्यार्थीको पढाई हेरी ति विद्यार्थीलाई निरन्तरता दिने वा अन्य विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिने भन्ने वारेमा फाउण्डेशनले निर्णय लिने जानकारी वास्तोलाले दिइन ।

उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक शम्भु वास्तोलाले सरकारी विद्यालयमा अध्ययन शुल्क निःशुल्क भएपनि आर्थिक अवस्था कमजोर र गरिव विद्यार्थीका अभिभावकले स्टेशनरीका सामाग्री समेत खरिद गर्न नसक्दा ति विद्यार्थीहरु समसयामा पर्ने गरेका छन् । छात्रवृत्ति कार्यक्रममा फाउण्डेशनका केशव वास्तोला र सचिव तारापति भट्टराईको समेत उपस्थिति रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width