चिप्लेढुङ्गा, १३ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश बालमैत्री प्रदेश हुने बताएका छन् ।
सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय दुईदिने बालभेला एवं बालपरिषद् गठन कार्यक्रममा मुख्यमन्त्रीले अब प्रदेशका हरेक संरचना बालमैत्री हुने बआश्वासन दिएका छन् ।
बालअधिकारको प्रत्याभूतिका लागि गण्डकी प्रदेश सरकार निकै सर्तक रहेको बताउँदै बालबालिकामाथि बढिरहेको दुव्र्यहार न्यूनीकरणका लागि प्रदेश सरकारले छुट्टै नीति निर्माण गरेर कार्यान्वयन गर्ने उल्लेख गरे । मुख्यमन्त्रीले मदिराको अनियन्त्रित व्यापारका कारणले बालबालिकामाथि हिंसा बढिरहेको भन्दै मदिरा नियन्त्रणको नीति बनाउन आश्वासन दिए ।
हाल प्रदेशमा ९३ प्रतिशत बालबालिका शिक्षाको पहुँचमा रहेको भन्दै बाँकीलाई पनि शिक्षाको पहुँचभित्र ल्याइने बताए । सो अवसरमा अपाङ्ग महासङ्घका प्रतिनिधि खुमराज शर्माले बालमैत्री संरचनासँगै अपाङ्गमैत्री संरचना निर्माण गर्नुपर्नेमा जोड दिए ।
सामाजिक विकास मन्त्रालयका निमित्त सचिव नारायण आचार्यले गण्डकी प्रदेशका ११ जिल्लाबाट ४४ बालक्लबका बालबालिकाको सहभागिता रहेको र प्रदेशस्तरीय बाल परिषद्को गठन हुने जानकारी दिए ।
सोही अवसरमा माघ १२ देखि २१ गतेसम्म पाकिस्तानमा सम्पन्न प्रथम टी —ट्वान्टी अन्तराष्ट्रिय दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिताका विजेतालाई सामाजिक विकास मन्त्रालयले नगद पाँच लाख सम्मानस्वरुप प्रदान गरेको थियो । कार्यक्रममा बालक्लब भाइबहिनी बालविवाहसम्बन्धी सचेतनामूलक नाटकसमेत प्रदर्शन गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
आवश्यक परे प्रदेशको नाम फेर्न सकिन्छ : सभामुख अधिकारी
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
चितवनमा भूमिहीनलाई जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु
प्युठानमा सुत्केरीको मृत्यु
hero news full width
मुख्य समाचार
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७