लमजुङ, १२ फागुन । लमजुङमा भूकम्पपछि थालिएको पुनःनिर्माणबाट गाउँवस्तीको स्वरुप फेरिन थालेको छ ।
पुनःनिर्माणका क्रममा अधिकांश घरमा जस्ता पाताको छानाले छाउन थालिएपछि ग्रामीण वस्ती फेरिएको हो ।२०७२ सालको बैशाख १२ गते भूकम्प जानु अघि गाउँमा प्रायः खरले छाएका घर देखिन्थे तर भूकम्पले पुराना घर ढालेपछि वा बस्न लायकको नराखे पछि पुनःनिर्माणका क्रममा बनाइएका घरहरुमा यतिबेला रङ्गीन जस्तापाताको छानाले टल्किन थालेका छन् ।
झट्ट हेर्दा ग्रामीण बस्तीको मुहार फेरिएको देखिए पनि स्थानीय बासिन्दाको आर्थिक अवस्था भने उस्तै रहेको छ । पहिले जमानामा हुने खाने, साहु महाजन,सम्पन्नले मात्र आफ्नो घरको छाना ढुङ्गा वा जस्ता पाताले छाउने गर्दथे दुधपोखरी गाउँपालिका– २ का वडाध्यक्ष गोविन्द दवाडीले बताए । उनका अनुसार निम्नमध्यम वर्ग र मध्यमवर्गका मानिसहरु सबैको घरमा खरको छानो हुन्थ्यो । खरको छाना छाउन सीप भएकोे मान्छेको कमी र खर पनि महंगो हुनुका सथौ गाउँघरमा पनि सडकको पुहँच पुग्न थालेसँगै गाउँको स्वरुप फेरिन थालेको थियो । तर पछिल्लो समयमा भूकम्पपछि गाउँ नै जस्तामय बन्न थालेका छन् दवाडीले भने ।
प्राविधिकले पनि ढुङ्गा र टायलको छाना हाल्दा घर पास नगर्ने भएकाले अधिकांशको रोजाइ रङ्गीन जस्तापाता बन्न गएको छ ।गह्रौँ छानालाई प्राविधिकले अस्वीकार गरेका कारण र हलुका निर्माण सामग्री प्रयोग गर्दा भूकम्पबाट सुरक्षित हुने प्राविधिक सल्लाह अनुसार भूकम्प प्रभावितले हलुका छानोका रूपमा जस्तापाताको प्रयोग भएको दूधपोखरी पाउँपालिकाका अध्यक्ष छुपिमाया गुरुङले बताए । उनका अनुसार लमजुङका हजारभन्दा बढी घरमा जस्तापाताको प्रयोग गरिएको छ ।
भूकम्पले बढी क्षति भएको जिल्लाको साविकको दुधपोखरी, विचौर र कोल्की गाविसमा बनेका अधिकांस घरमा जस्ता पाताको छाना देखिन्छ दूधपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृृत ध्रु्रव खनालले बताए । उनका अनुसार साविकका विचौर, दुधपोखरी, इलामपोखरी र कोल्कीमा करिब ४ सय ५० घर पुनर्निर्माण भएका छन् । ती सबैमा प्रायः निलो रङ्गका जस्तापाताको छाना लगाइएको छ । ती घर प्रायः त्यस क्षेत्रका कार्यरत गैसस कोपाडेसको सक्रियतामा निर्माण भएका हुन् ।
लमजुङमा भूकम्पपछि पुनर्निर्माण गरिएका घर शतप्रतिशत लाभग्राहीले रङ्गीन जस्तापाताले घर छाउने गरेको जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले बताए। जस्तापाताको छाना लगाउँदा घर हलुका हुने मात्र नभई काठको प्रयोगमा कमी र ज्यालामा बचत हुनेगर्दछ ।
Related News
सम्बन्धित समाचार
साढे २३ करोडमा सभागृह निर्माण
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
स्थानीयका कर्मचारी पनि आन्दोलित
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
कानुन कार्यान्वयनका लागि हो
hero news full width
मुख्य समाचार
घान्द्रुक होटलका पायोनियर
अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
असाेज ६, २०८०गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
असाेज ६, २०८०हेमदेवी धर्म संस्कृतिपुरस्कारबाट कमलनयनाचार्य सम्मानित
असाेज ६, २०८०घान्द्रुक घुम्न चक्रीय पदमार्ग
असाेज ६, २०८०