म्याग्दी, १० फागुन । म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत दुखुखोलामा मोटरेवल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुले सास्ती खेपेका छन् ।
प्राविधिक कमजोरी, सम्बद्ध कार्यालयको ढिलासुस्ती र निर्माण व्यवसायीको लापर्वाहीका कारण मङ्गला र मालिका गाउँपालिकाको सिमानास्थित दुखुखोलामा आठ वर्षअघि निर्माण शुरु गरिएको पुल अझै निर्माण हुन सकेको छैन ।
बाइस मिटर लामो सो पुल निर्माणका लागि विसं २०६७ मा तत्कालीन जिल्ला विकास समितिले विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीवीकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) अन्तर्गत बनाइएको पुलको नमूना रद्द गरेर २०७३ साउन ९ गते जिविस र प्राविधिक कार्यालयले पुनः सर्वेक्षण गरेपछि रु दुई करोड २५ लाख ६० हजार ८२३ मा निर्माण गर्ने गरी स्वच्छन्द–गौचन जेभीले ठेक्का पाएको थियो ।
सो कम्पनीले विसं २०७४ कात्तिकमा निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख भए पनि अहिलेसम्म दुबैतर्फको पिल्लर मात्र ठड्याएर काम अलपत्र छोडिएको छ । गत मङ्सिरदेखि काम पनि भएको छैन । पुल निर्माण नहुँदा सर्वसाधारण खोलामा जोखिम मोलेरै पनि वारपार गर्न बाध्य भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए।
बेनी–दरवाङ मङ्ला, मालिका, धवलागिरि र बागलुङको तमानखोला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । “हिउँदमा खोलाबाटै सवारीसाधन तरे पनि बर्खामा बाढी आउँदा सवारीसाधन आवतजावत ठप्प हुन्छ ।
उक्त कम्पनीले ठेक्का लिए पनि काम भने बेनीको श्रमजीवी निर्माण कम्पनीले काम गर्दै आएको छ । सङ्घीयबाट प्रदेश सरकारमा पुल निर्माणको जिम्मेवारी हस्तान्तरण भए पनि बजेट व्यवस्थापन र अख्तियारी आउन ढिलाइ भएकाले यो पुल निर्माण हुन नसकेको अध्यक्ष रोकाको गुनासो थियो । पूर्वाधार विकास कार्यालयका महाशाखा प्रमुख तथा इञ्जिनीयर ओमराज ढुङ्गानाले दुखु र स्वाँता खोला पुलको योजना हस्तान्तरण भइसकेकाले निर्माणका लागि ठेकेदारलाई ताकेता गरिरहेको जानकारी दिए ।
प्रदेश सरकारले बजेट उपलब्ध गराए पनि निर्माणका लागि अख्तियारी दिन ढिलासुस्ती गरेकाले पूर्वाधार कार्यालय र निर्माण कम्पनीका प्रतिनिधिलाई ताकेता गरिएको जिसस प्रमुख देवेन्द्र केसीले बताए । पछिल्लो पटक आगामी वैशाख मसान्तसम्म पुल निर्माण सम्झौताको म्याद थप भएको छ ।
Related News
सम्बन्धित समाचार
स्याङ्जा जिल्लावासी पत्रकारहरु काठमाडौमा भेला हुने
बुढ्यौलीमा फर्कियो आँखाकाे ज्योति
उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
hero news full width
मुख्य समाचार
पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
फागुन १४, २०७७विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
फागुन १४, २०७७मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
फागुन १४, २०७७