पोखरा, ६ फागुन । कास्की प्रहरीले सोमवार दिउसो एक हजार रुपैयाँको १९ थान नक्कली नेट सहित दुई व्यक्तिलाई पोखरा—५ पस्र्याङबाट पक्राउ गरेको छ ।
मकवानपुर हेटौडा घरभई पोखरा—५ पस्र्याङ स्थित धारापानीमार्ग डेरागरी बस्दै आएका ३२ बर्षीय नरेश लामा र उनकी पत्नी २५ बर्षीया सरस्वती बलामीलाई प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुको साथवाट प्रहरीले नेपाली एक रुपैयाँका १९ वटा नक्कली नोट, नक्कली नोट वनाउन प्रयोग हुने कलर प्रिन्टर एक, ल्यापटप एक थान, नेपाल टेलिकम र एनसेलको ९० हजार बरावरको रिचार्ज कार्डहरु, एउटा मोटरसाइकल, दुई थान मोवाइल र पाँचसय रुपैयाँका दुई वटा भारतीय नोट बरामद गरेको छ ।
उनीहरुले गत माग २२ गते पोखरा महानगरपालिका—१६ अर्मलाका विभिन्न किराना पसलमा ग.१४ प. ३५४ नं को डुक मोटरसाइकमा पुगेर नक्कली नोट दिई रिचार्ज कार्ड खरिद गरेर जाने गरेको स्थानीयको सूचनाका आधारमा प्रहरीले उनीहरुको खोजिकार्य सुरु गरेको थियो । पोखराका विभिन्न बैंक तथा वित्तीय संस्थामा पनि एक महिना यता नक्कली नोट देखिन थालेपछि पोखरा स्थित राष्ट्र बैंककार्यालय समेत अनुसन्धान र खोजवीन सुरु गरेको थियो ।
पक्राउ परेको उनीहरुलाई वडा प्रहरी कार्यालय बगरमा राखिएको र उनीहरु विरुद्ध खोटा मुद्रा चलन मुद्दा चलाइने जानकारी प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए । उनीहरु विरुद्ध थप अनुसन्धान अगाडि वढाइएको प्रहरीले जानकराी दिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
पेचिलो पोखराको पार्किङ
विन्दुवासिनी संस्कृत विद्यापीठको पक्की छात्राबास
माटो निकालेर फेवातालको आयु बढाइने
पाेखरा महानगरमा थपिए ६ ऐन, १७ ऐन संशोधन
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७